साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार लक्ष्मण नेवटियालाई देवकीनन्दन स्मृति साहित्य सम्मान 

अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, प्रसिद्ध साहित्यकार तथा वरिष्ठ पत्रकार नकुलकाजीको प्रमुख आतिथ्यमा प्रसिद्ध हिन्दी साहित्यकार महावीर चाचान, हिन्दी साहित्यका समालोचक देवेन्द्रनाथ शुक्ला, कथाकार कवि भीखीप्रसाद वीरेन्द्र लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

भद्रपुर झापा, २०८१ चैत १६ । देवकीनन्दन अग्रवालको नाममा स्थापित देवकीनन्दन अग्रवाल स्मृति सम्मान अर्पण तथा वहुभाषिक साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम ‘वहुभाषिक साहित्य सङ्गीत कला केन्द्र’, भद्रपुर तथा ‘कालजयी मञ्च’ सिलगढीको संयुक्त आयोजनामा एयरपोर्ट होटेल, चन्द्रगढीमा भएको थियो ।

केन्द्रका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, प्रसिद्ध साहित्यकार तथा वरिष्ठ पत्रकार नकुलकाजीको प्रमुख आतिथ्यमा प्रसिद्ध हिन्दी साहित्यकार महावीर चाचान, हिन्दी साहित्यका समालोचक देवेन्द्रनाथ शुक्ला, कथाकार कवि भीखीप्रसाद वीरेन्द्र, डा.मुन्नालाल प्रसाद, डा.कल्पना सिंह आदिलाई मञ्चासिन गराएर कार्यक्रम भएको थियो ।

कार्यक्रमका अध्यक्ष हरि पौडेलद्वारा स्वागत गरिएको कार्यक्रमको सन्चालन तथा सुव्यवस्थापन कविहरु पुनित वंशल तथा मिलनकुमार ढुङ्गानाबाट पालैपालो गरिएको थियो ।

देवकीनन्दन स्मृति साहित्य सम्मान २०८१ विराटनगरका हास्यव्यङ्ग्यकार प्रसिद्ध कवि कलाकार लक्ष्मण नेवटियालाई प्रदान गरिएको थियाे ।

कार्यक्रमकाे सुरुमा नेपाल र भारतका राष्ट्रगान गाइएका थिए, दुबै आयोजक संस्थाका संस्थागत गीत गाइएका थिए, कालजयी मञ्चबारे देवेन्द्रनाथ शुक्लाले, देवकीनन्दन अग्रवालको परिचयबारे महावीर चाचानले र पुरस्कृत हुने व्यक्तित्व लक्ष्मण नेवटियाको परिचयबारे आख्यानकार पुण्यप्रसाद खरेलले जानकारी गराउनु भएको थियो ।

देवकीनन्दन अग्रवाल, लक्ष्मण नेवटिया, पुनित वंशल तथा विरही अधिकारीका गीतमा हरिप्रसाद पौडेलद्वारा सङ्गीतवद्ध गरिएका विभिन्न गायकद्वारा गीत गाएर सुनाइयो ।

होम सुवेदी, प्राज्ञसभासद सुमित्रा वाङ्देल चेली, सङ्गीत नाट्यप्रतिष्ठानका प्राज्ञसभासद देवकुमार चौधरी, भीखीप्रसाद वीरेन्द्र आदिबाट शुभकामना मन्तव्य, पुरस्कृत व्यक्ति लक्ष्मण नेवटियाबाट मन्तव्य प्रस्तुत भयाे । त्यसपछि अमर वानियाँ ‘लोहोरो’, बबिता अग्रवाल, मिरा पोखरेल, निधी चौधरी (किसनगञ्ज), मिलन श्रेष्ठ, मुनामाया राना, केतकी अग्रवाल आदिबाट कविता वाचन भएको थियो ।

कार्यक्रममा ‘उत्तर आकाश–८’ समेत ३ वटा कृति लोकार्पण भएका थिए । कार्यक्रममा सिमरन आचार्य, इन्दिरा ठाकुर, निरज पोखरेल, बसन्त कर्वा, ज्योति खाती आदिबाट गीतहरु गाइएका थिए, नृत्यहरु पनि प्रस्तुत भएका थिए ।

कार्यक्रममा डा.बबिता अग्रवाल, दीपिका जयसवाल, प्रियङ्का जयसवाल, गुञ्जन गुप्ता, ज्योति अग्रवाल, तारा विविध, जयप्रसाद आचार्य, परशुराम तिमसिना, रोशनलाल अग्रवाल, नवराज घिमिरे, मारवाडी महिलामञ्चका अध्यक्ष निर्मला जोशी, बसन्त कर्वा, मोहन मित्तल, टेकेन्द्र अग्रवाल, पवनकुमार अग्रवाल, पत्रकार ज्ञानेन्द्र निरौला, अर्जुन कार्की, राजेन्द्र गौतम, सुशील अग्रवाल, सन्तोष अग्रवाल, धुलाबारी क्याम्पस प्रमुख पुष्प पौडेल, चित्रकला पौडेल, हस्त परियार, तुलसीप्रसाद भट्टराई, सारिका अग्रवाल, शिवनाथ राजभण्डारी, राजेन्द्र गौतम, चूडामणि भण्डारी, हिरा पोखरेल, उत्तम राजवंशी, मारवाडी लेखक संघका पवन शर्मा, विरही अधिकारी, सुमना अधिकारी, अर्जुन खरेल, कृष्ण अनमोललगायत सयजना भन्दा वढी हिन्दी तथा नेपाली साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

०००
-पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x