साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमकाे १४६औँ शृङ्खलामा कवि हरि खनालकाे ‘मुजुरा’ लाेकार्पण

कार्यक्रम संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा डा. बमबहादुर थापा जितालीकाे प्रमुख आतिथ्यमा एडमार्क कलेज, कलङ्कीमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ चैत्र १६ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४६औँ मासिक रचना वाचन तथा कवि हरि खनालद्वारा लिखित कविता सङ्ग्रह ‘मुजुरा’काे लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा डा. बमबहादुर थापा जितालीकाे प्रमुख आतिथ्यमा एडमार्क कलेज, कलङ्कीमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

आजको कविगोष्ठीमा विभिन्न कविता, गजल रोचक ढङ्गबाट कविहरूले वाचन गरे । उपस्थित कविहरुले देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।

सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, प्राज्ञ नरनाथ लुइँटेल, सुधा बाँस्कोटा ढकाल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे, टेकबहादुर लाैडारी, जलश्री भट्टराई, सिर्जना अर्याल, बालकृष्ण सुवेदी, सुशिल रिजाल, अरुण खड्का, जनार्दन अधिकारी धड्कन, सरला तिमील्सिना, डा. सत्यराज थपलिया, बलदेव अधिकारी गाउँले, हरि पाैडेल आत्रेय, जगदिश्वर पाेखरेल, डा. बम बहादुर थापा जिताली, पुरुषाेत्तम सिग्देल जित कार्की, सूर्यकुमार पण्डित,सूर्यबदना पण्डित, द्वारिका कुइँकेल, डा जीवन अधिकारी, डा सीता सुवेदी, रिता खतिवडा, बिनुबाबा घिमिरे हुनुहुन्थ्यो ।

कार्यक्रमकाे शुरूवातमा संस्थाका उपाध्यक्ष कवि जगदीश्वर पाेखरेलले यस संस्थाबाट हालसम्म एक दर्जन कृति लाेकार्पित भएकाे प्रसङ्ग उल्लेख गर्दै स्वागत मन्तव्य दिनुभएकाे थियाे।

कवि हरि खनालकाे लाेकार्पित कृतिकाे विश्लेषण गर्दै सङ्ग्रहभित्रकाे कविता वाचन संस्थाका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले गर्नुभएकाे थियाे तथा अनुपमले जस्तोसुकै अवस्थामा कार्यक्रमलाई निरन्तरता दिइरहेकाेमा खुसी व्यक्त गर्नुभयाे । डा. सीता सुवेदीले पनि सङ्ग्रह भित्रकै कविता वाचन गर्नुभएकाे थियाे ।

राममणि दुवाडीले मुजुरा काव्य सङ्ग्रहकाे पाठकीय मन्तव्य सुन्दर शैलीमा प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि कवि हरि खनालले सबैप्रति आभार व्यक्त गर्दै लेखकिय मन्तव्य दिनुभएकाे थियाे ।

डा बलदेव अधिकारी गाउँलेले मुजुरा कृतिकाे समीक्षा गर्दै लेखकलाई बधाई दिनुभएकाे थियाे ।

भुँडी पुराण प्रकाशनका निर्देशक केशवप्रसाद पराजुलीले राम्राे कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्नुभएकाे थियाे।

कवि पुरुषाेत्तम सिग्देलले आफ्नाे मन्तव्यका साथै कविता वाचन पनि गर्नुभएको थियाे ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन उहाँकाे कथन थियो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु भएको थियो ।

संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

०००
– सुधा बाँस्कोटा ढकालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x