साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३७)

अग्ला संस्कार आफ्ना जतन जन गरून् मिल्छ ऊर्जा हियामा ।। सङ्ला आशा जमाई परिजन हितका खोज्दछन् फूलबारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

खुल्नेछन् भाव सङ्ला युगलय कृतका चेत उठ्नेछ माथि।
पक्रूँ सत्कर्म उम्दा सब जनमनको गर्वले फुल्छ छाती।।
सद्गामी मार्ग लागूँ हित कृत म छरूँ साधनाले सिंगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८१ ।।

अग्लो डाँडो रमाई युगलय बटुली बाँड्छ सौन्दर्य हार ।
सिक्नै पर्नेछ मैले युग गुण हितको जोड्न सायुज्य तार ।।
फ्याँकूँ जम्मै नराम्रा अहित पथ सबै कृत्य सङ्ला सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८२ ।।

जुट्दा उत्साह बढ्छन् जनमन सबमा प्राप्तिको खुल्छ ढोका ।
फुट्दा उत्साह मर्छन् कृत पथ हितका भोग्दछन् नित्य धोका ।।
यस्तो सद्ज्ञान बोकी शुभकृत म टिपूँ कर्मशोभा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८३।।

खुल्नेछन् दिव्य ढोका श्रमपथ म बढे प्राप्तिका हार लाग्छन् ।
इच्छा औदार्य मार्गी युगगुण बटुली कर्मका कृत्य ताक्छन् ।।
डुल्दै संसार खोजूँ हितपथ युगको कर्म आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८४।।

आफ्ना सन्तान हाँसून् श्रमफल बटुली वृद्ध बोक्छन् हियामा ।
अग्ला संस्कार आफ्ना जतन जन गरून् मिल्छ ऊर्जा हियामा ।।
सङ्ला आशा जमाई परिजन हितका खोज्दछन् फूलबारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८५ ।।

क्रमश:

०००
इलाम नगरपालिका वडा नं. ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x