फित्काैली डटकमचौसट्ठीऔं स्वतन्त्र सुसेली वाचन (गायन) सम्पन्न
कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेलीमात्रै सिर्जना नगरी अन्य काव्य विधामा समेत कलम चलाउनु पर्छ भन्नु भयाे ।

काठमाडाैं, २०८१ चैत १६। वरिष्ठ कवि कलानिधि दाहाल, सुसेली संरक्षकद्वय चन्द्रा न्यौपाने र गंगा लिगल विशिष्ट अतिथि रहनुभएको राष्ट्रिय सुसेली फाउन्डेसनको चौसट्ठीऔं कार्यक्रम मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरी सञ्चालन गर्नु भएको थियो ।
१६ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित स्वतन्त्र सुसेली वाचन (गायन) कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेलीमात्रै सिर्जना नगरी अन्य काव्य विधामा समेत कलम चलाउनु पर्छ भन्दै सुसेलीले गरेको ईर्ष्यात्मक प्रगतिको प्रशंसा गर्दै आफूले रचना गरेका १० वटा चैत्र दसैं सम्बन्धी सुसेली गाएर सुनाउनु भयो ।
यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले आफ्नी सासूआमाको शोकमा रहेको र अस्वस्थताका कारण सुसेली वाचन तथा मन्तव्य राख्नु भएन । असल स्रोताका रूपमा कार्यक्रममा कल्पना भट्टराईको लिङ्कबाट सहभागितामात्र जनाउनु भयो भने अर्की विशिष्ट अतिथि गंगा लिगलले सुसेली परिवारलाई शुभकामना दिँदै सुसेलीले विविध कार्यक्रमहरू गरेर उदाहरणीय सन्देश दिइरहेको कुरा उल्लेख गर्दै आफूले रचना गरेका पाँच वटा समसामयिक सुसेलीहरू वाचन गर्नु भयो ।
अन्य सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा लक्ष्मीप्रसाद मिश्र, कल्पना भट्टराई, कल्पना अधिकारी भट्टराई, पवनकुमार बुढाथोकी, चन्द्रावती अधिकारी, धरणीधर गुरागाईं र रामशरण न्यौपानेले हालसालै देशमा घटिरहेका घटनाहरूका विषयमा समसामयिक सुसेली गाएर सुनाउनुभयो । अस्वस्थताका बाबजुद पनि कार्यक्रममा उपस्थित भएर कवि जानुका थापा रायमाझीले शुभकामनामात्र दिएर असल श्रोताको भूमिकामा रहनु भयो भने प्रतिभा देवी न्यौपाने, सविता के.सी. र उत्तम विचार भेटुवाल प्राविधिक कारणले सुसेली वाचन गर्न असमर्थ रहनु भएको थियो ।
अन्तमा सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेलीको यो चौसट्ठीऔं कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाकी संरक्षक चन्द्रा न्यौपानेको परिवारमा पर्न गएको दुःखद घटनाप्रति संस्थाको तर्फबाट हार्दिक श्रद्धाञ्जली एवम् समवेदना प्रकट गर्दै आगामी कार्यक्रम सुसेलीको वार्षिकोत्सव रहेकाले सबैलाई सहयोगी र सहभागी हुन अनुरोध गरेर आफूले रचना गरेका केही समसामयिक सुसेली वाचन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































