साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोकर्णेश्वर नगर साहित्य पुरस्कार प्रा.डा. त्रिपाठी र चालिसेलाई

यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्‍याउने विशिष्ट स्रष्टाहरू प्रा. डा. वासुदेव त्रिपाठी तथा विजय चालिसेलाई अर्पण गरिने भएकाे छ ।

Nepal Telecom ad

यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्‍याउने विशिष्ट स्रष्टाहरू प्रा. डा. वासुदेव त्रिपाठी तथा विजय चालिसेलाई अर्पण गरिने छ ।

साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा बाजुराम पौडेलको चयन समितिको सिफारिस अनुसार पुस्कृत स्रष्टाहरूको घोषणा गरिएको हो ।

नगर साहित्य पुरस्कार तथा सम्मान कार्यक्रम २०८१ चैत्र २२ गते (शुक्रवार) अपराह्न १ .०० बजे त्रिवेणी व्याङ्क्वेट, गोकर्णेश्वर ८, बेँसीगाउँ, काठमाडौँमा आयोजना हुने छ । पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार अर्पण गरिने छ ।

सो समारोहमा यस नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पण समेत हुने छ ।

गत वर्ष प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई गोकर्णेश्वर साहित्य पुरस्कार २०८० ले सम्मान गरिएको थियो । स्मरण रहोस्, यस नगरपालिकाले शिक्षा – स्वास्थ्य, कला – साहित्य – संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा गर्दै आएको योगदानकालागी नागरिक स्तरबाट मात्र नभै देश विदेशबाट पनि प्रशंसा पाउदै आएको छ ।

नगरवासी तथा साहित्य प्रेमी सवैलाई पुरस्कार अर्पण तथा ग्रन्थ लोकार्पण समारोहमा उपस्थितिकोलागि गोकर्णेश्वर नगरपालिकाले अनुरोध गरेकाे छ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Alok
Alok
1 year ago

पुरस्कृत, सम्मानित स्रष्टा दुवैमा हार्दिक बधाई तथा शुभकामना।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x