साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्छन् बुढा गाउँमा

छोराकी सँगिनी छ एक सँगमा बस्ने नगर्दै बिहा भन्छन् मानिसले हरे सहरमा नारी भइन् दोजिया खुर्सानी नुन नै छरेसरि भयो आलो कडा घाउमा चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पत्नीको जब स्वर्गबास हुन गो एक्लै परे यस्तरी
सादाजीवन धान्न मुस्किलभयो त्यो भात पानी गरी
यस्तो लाग्दछ वृद्ध एक बिचरा एक्लै परे नाउमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥१

कोटा खोज्न समानुपातक भनी बेचेर पाटो ठुलो
नेताको पछि दौडिदै बल गरी खोजेर मात्रै दुलो
छोरो बस्छ उता झुकी सहरमा सामन्तको पाउमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥२

एक्लैले घरबार हेर्नु छ यता धानेर खेती सब
सक्दैनन् खुद काम गर्न अघिझैँ लागेर आफू अब
खान्छन् भात बिहान साँझपखको रोटो छ त्यो ताउमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥३

खेताला पनि छैन गाउँघरमा गाह्रो छ भेट्टाउन
त्यस्तै नै मल वीज धेर महँगो झन् कष्ट भो पाउन
व्यापारी पनि बस्दछन् छलगरी ठग्ने ठुलो दाउमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥४

छोरामा पनि एउटै प्रिय थियो सन्तानमा हुर्किने
जग्गा धेर बिकाउँदै मन खुसी रोजै गर्‍यो फुर्किने
जेथा जे जति नै थियो सब दिए सो पुत्रकै नाउँमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥५

छोराकी सँगिनी छ एक सँगमा बस्ने नगर्दै बिहा
भन्छन् मानिसले हरे सहरमा नारी भइन् दोजिया
खुर्सानी नुन नै छरेसरि भयो आलो कडा घाउमा
चिन्ताले बहुतै प्रताडित बनी बस्छन् बुढा गाउँमा॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x