फित्काैली डटकमकर्मदा सिर्जना मञ्च लमजुङको ४६ औँ काव्यगोष्ठी
प्रमुख आमन्त्रित वरिष्ठ कवि गोविन्दप्रसाद घिमिरे वेदमणि, विशिष्ट अतिथि डा.बमबहादुर थापा जिताली समीक्षक पुरुषोत्तम सिग्देलकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।

काठमाडाैं, २०८१ चैत २१ कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४६ औँ स्वतन्त्रविधा वसन्त विशेष प्रविधिमैत्री काव्यगोष्ठी संस्थाका अध्यक्ष जगदीशश्वर पोखरेलकाे अध्यक्षतामा सम्पन्न भयो ।
प्रमुख आमन्त्रित वरिष्ठ कवि गोविन्दप्रसाद घिमिरे वेदमणि, विशिष्ट अतिथि डा.बमबहादुर थापा जिताली समीक्षक पुरुषोत्तम सिग्देलकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।
यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, मुक्तक, गजल रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए । वसन्त ऋतुलाई बिम्व बनाएर विरचित सिर्जना पनि वाचन गरिएको थियो ।
यस अवसरमा रचना वाचन गर्ने गोविन्दप्रसाद घिमिरे वेदमणि (स्रग्विणी-स्वार्थ वृक्ष), पुरुषोत्तम सिग्देल (भुजङ्गप्रयात-गजल), डा. बमबहादुर थापा जिताली (सवाई-नयाँ वर्ष तिमी आऊ), हरि खनाल (अनुष्टुप्-अभीष्ट), दुष्यन्त भट्टराईं (उपेन्द्रवज्रा-वसन्त), सुशीलकुमार रिजाल (शार्दूलविक्रीडित), साँचो बनाइस् झूटो) यमुना न्यौपाने-स्रोता मात्र, गङ्गा लिगल (शार्दूलविक्रीडित-बिर्सन्न म), जगदीश्वर पोखरेल (तोटक -मधुमास), दुर्गाप्रसाद सिग्देल (इन्द्रवज्रा-अर्वुध), द्वारिका कुइकेल (सवाई- जुवाइँ), लक्ष्मीप्रसाद मिश्र (सवाई-रामचन्द्र), प्रतिभा न्यौपाने- स्रोता मात्र , सुरेशचन्द्र घिमिरे (शिखरिणी-अर्ती) टेकबहादुर लौडारी (अनुष्टप् – कर्मदा सर्वदा), ललिता खरेल (गद्य-नाङ्गो प्रतिबिम्व), प्रकाशचन्द्र पोखरेल ( मुक्तक) वीरवहादुर लोहनी (असारे झ्याउरे-वसन्त बहार), कल्पना देवकोटा (सवाई-वसन्त ) रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित वरिष्ठ कवि गोविन्दप्रसाद घिमिरे वेदमणिले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए । कविगोष्ठी महनीय भयो भन्नु भयो ।
समीक्षक पुरुषोत्तम सिग्देलले वाचित सिर्जनाको सुललित शैलीमा एक एक गरी समीक्षा समेत गर्नुभएको थियो । विशिष्ट अतिथि बमबहादुर थापा जितालीले नेपाली भाषाको रक्षा गर्न छन्दमा रचना गर्न सिक्नु पर्दछ भन्नु भयो । कर्मदाले नियमित रूपमा कविगोष्ठी गरेर सर्जकलाई मञ्च प्रदान गरेको छ भन्नु भयो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले सहभागी स्रष्टाहरूले वसन्त ऋतुको वारेमा रचना वाचन गरे । कविगोष्ठीको संयोजन अध्यक्षले लालित्य शैलीमा सञ्चालन गर्नुभएको थियो । सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले वसन्त कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
अन्त्यमा आजीवन सदस्य रामचन्द्र पोखरेलको असामयिक निधनले संस्थालाइ मर्माहत बनाएको र आत्माको चिरशान्तिको लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएकाे थियो ।
०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































