साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कथा दिवस’को अवसरमा ‘मैनाली कथा सम्मान-२०८१’ समर्पण

काठमाडौंमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार डा. राजेन्द्र विमलले ३० को दशकका सशक्त कथाकार रत्न कोजुलाई सम्मान अर्पण गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ चैत २१ । साहित्यिक पत्रकार संघले ४४औं ‘कथा दिवस’को अवसरमा ‘मैनाली कथा सम्मान-२०८१’ समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार डा. राजेन्द्र विमलले ३० को दशकका सशक्त कथाकार रत्न कोजुलाई सम्मान अर्पण गर्नुभएको थियो । अध्यक्ष लेकालीले कथाकार डा।राजेन्द्र विमललाई ‘भानु-तुलसीदास सम्मान’ अर्पण गर्नुभएको थियो ।

उहाँलाई २०७९ वैशाख १६ गते काठमाडौंमा आयोजित नेपाल-भारत साहित्य महोत्सवमा सो सम्मान घोषणा गरिएको थियो । त्यसबेला उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन ।

कार्यक्रममा प्रमुख अतिथि डा. विमलले संकटको अवस्थामा रहेको देशलाई त्यसबाट मुक्त गर्ने अभिभारा नयाँ पुस्ताका सर्जकहरूमा भएको सुनाउनुभयो ।

कथाकार ध्रुव मधिकर्मीले कथाकार कोजूको योगदानको चर्चासँगै उहाँसँगका सहकार्यबारे उल्लेख गर्नुभएको थियो ।

चयन समितिका संयोजक वरिष्ठ समालोचक प्रमोद प्रधानले कोजूका कथाहरूमा उहाँ जन्मेको ठाउँका मानिसका दुःखपीडा, संस्कृति र जीवनशैली उद्घाटित हुने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले राजेन्द्र विमलको शालीनता र विद्वताको चर्चा गर्नुभएको थियो ।

संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र कोषाध्यक्ष पद्मावती सिंहले बोल्नुका साथै कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा कथाकारहरू लता केसी, शान्ता तिम्सिना, इन्दिरा चापागाईं, सत्या अधिकारी, अञ्जु थपलिया, मिसु श्रेष्ठ, मन्दिरा मधुश्री र ललिता दोषीले आ-आफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x