फित्काैली डटकमछत्रमान सुब्बाको कृति ‘साहित्यमा उत्तर–चेतको खोजी’ सार्वजनिक
आसाम भारतका नेपालीभाषी साहित्यकार सुब्बाको उक्त पुस्तकलाई साहित्यकारहरू डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, श्रीओम श्रेष्ठ रोदन, प्रा. डा. अञ्जना वस्ती भट्टराई, हरि गौतम तथा लेखक सुब्बाले सार्वजनिक रूपमा विमोचन गर्नुभयो ।

काठमाडाैं, २०८१ चैत २० । नेपाली भाषाका साहित्यकार छत्रमान सुब्बाको कृति ‘साहित्यमा उत्तर–चेतको खोजी’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
आसाम भारतका नेपालीभाषी साहित्यकार सुब्बाको उक्त पुस्तकलाई साहित्यकारहरू डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, श्रीओम श्रेष्ठ रोदन, प्रा. डा. अञ्जना वस्ती भट्टराई, हरि गौतम तथा लेखक सुब्बाले सार्वजनिक रूपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तुलसी भट्टराईले उक्त पुस्तकले नेपाल र भारतको नेपाली साहित्यको सेतुको रूपमा काम गरेको बताउनु भयो ।
लोकार्पणपछि पुस्तक विमर्श चरणमा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले सन् २०२३ मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका सुब्बामा नयाँ चेतना बुझ्ने र तिनलाई खोज्ने तिर्खाले यो पुस्तक जन्माएको टिप्पणी गर्नुभयो ।
प्रा. डा. कुमारप्रसाद कोइरालाले कृतिको समीक्षा गर्दै पुस्तकमा ‘उत्तर चेत’को सैद्धान्तिक व्याख्या गर्नुभयो ।
पुस्तकमाथि साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, शान्ति रिसाल, नारायणप्रसाद शर्माहरूले पाठकीय टिप्पणी राख्नुभएको थियो ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले अक्षरहरूले जोडिएको सम्बन्ध कहिल्यै पनि नटुट्ने बताउँदै नेपाल-भारत सम्बन्धमा नेपाली भाषाले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
प्रा. डा. अञ्जना वस्ती भट्टराईले पुस्तकको समीक्षा कार्यक्रममा बहुमत महिलालाई ठाउँ दिएकोमा खुशी व्यक्त गर्दै असममा बसेर पनि नेपाली भाषामा किताब लेख्नु आफैँमा उल्लेखनीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा भारतीय नेपाली साहित्यलाई प्रोत्साहन दिन नेपाली साहित्यकारहरूको ठूलो उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































