साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

पिण्डादि कर्ममा ढोंग आमा दूर गएपछि । गर्नु ख्याल हुँदा साथ सन्तान हुर्किएपछि ॥ देह विदेह भो के भो ? उनै छिन् गाँस सासमा । निद्रामार्ग हिँडी आमा आउँछिन् हर रातमा ॥

Nepal Telecom ad

हरि खनाल :

अभाव शब्दमा भाव भएको मन जान्दछ ।
आमाको महिमा गान शब्दले कति धान्दछ ??
देवी हैन महादेवी उत्सर्गकी महारथी ।
सृष्टिकै जननी आमा रश्मि शीतलमा शशि ॥ १ ॥

युद्ध जीवनकै लड्छिन् ल्याउँछिन् शिशु बाहिर ।
महाकालसँगै लड्दै ल्याउँछिन् तन बाहिर ॥
छाम्छिन् खै ? मनको रत्न आफू चेत अचेतमै ।
च्याहाँ गर्छ जसै बालो पीडा निल्छिन् निमेषमै ॥ २ ॥

निख्रिँदै रित्तिदै जान्छिन् दिँदा जीवनको रस ।
लोली बोली सबै उर्जा उनकै भर निर्भर ॥
दुख्दा सन्तानको घाउ आमा आँसु बगाउँछिन् ।
खाँदा सन्तानले सामु आमा आफै अघाउँछिन् ॥ ३ ॥

आँधी हुरी झरोस् पानी छातीभित्र लुकाउँछिन् ।
मायाको रापले सेक्दै चिसोलाई सुकाउँछिन् ॥
पहिऱ्याई नयाँ बस्त्र खुसीभित्र हराउँछिन् ।
आफू टालाटुलीभित्र दङ्ग पर्दै रमाउँछिन् ॥४॥

तर्सिन्छिन् सपना देख्दा सन्तानतिर छाम्दछिन् ।
आँखा फर्फर गर्दैछ चिन्ता गर्दै डराउँछिन् ॥
धेरै हाँस्दा हुने चिन्ता रुँदा आकाश नै खस्यो ।
आमाको जिन्दगी सिङ्गै सुरक्षा सुरमा बस्यो ॥५॥

मातृवात्सल्यको धारा सन्तानमा बगाउँदै ।
जिन्दगी सुम्पिने आमा बैंस ऐस चढाउँदै ॥
दुःखमा सुखमा आमा सिर्जना कल्पनाभरि ।
माया छायाँ सबै आमा सच्चिदानन्दकी चरी ॥ ६॥

लाग्दा ठेस झरे केश ऐया आमा पुकारमा ।
कालको खेल नै फेल छोइँदैमा निधारमा ॥
उर्लने मनको चोखो चक्षुमा स्नेह सागर ।
आमा ! मात्रै भने पुग्छ चाहिन्न झूट आदर ॥७॥

पिण्डादि कर्ममा ढोंग आमा दूर गएपछि ।
गर्नु ख्याल हुँदा साथ सन्तान हुर्किएपछि ॥
देह विदेह भो के भो ? उनै छिन् गाँस सासमा ।
निद्रामार्ग हिँडी आमा आउँछिन् हर रातमा ॥ ८॥

०००
२०७९/१०/१८
मुजुरा (२०८१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
उपेन्द्र रेग्मी
उपेन्द्र रेग्मी
1 year ago

आमाको महिमा गान शब्दमा भावमा बुनी ।
आएकोछ कवितामा छन्द माधुर्यता पनि ।
मुजुरा गर्भमा यो हो यौटा उत्कृष्ट सिर्जना ।
समेटिएछ यसैमा कविको काव्य तिर्सना।
लेखिएछ कविता यो जननी भावमा डुबी ।
लेखनी मात्र हैन यो कविको सिर्जना खुबी ।
कथा निबन्ध आदिमा देखिन्छ विविधा छवि ।
बाद्यवादनमा त्यस्तै अपार उनको खुबी ।

Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
1
0
Would love your thoughts, please comment.x
()
x