साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’को लोकार्पण

सो समारोहमा कवि श्री गोपाल बरालको कविता सङ्ग्रह ‘समयका स्वर’को लोकार्पण भएको छ । वरिष्ठ पत्रकार श्री रोचक घिमिरेको प्रमुख आतिथ्य र गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ चैत्र २७ । अभिनव साहित्य समाजले आज एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सो समारोहमा कवि श्री गोपाल बरालको कविता सङ्ग्रह ‘समयका स्वर’को लोकार्पण भएको छ । वरिष्ठ पत्रकार श्री रोचक घिमिरेको प्रमुख आतिथ्य र गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

परशुराम पराजुली पराशरले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोकार्पित पुस्तकको विषयमा सीता ओझा र प्रा.डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

शुभकामना मन्तव्य दिनेहरुमा देवी ओझा, बाजुराम पौडेल, मातृका पोखरेल रहनुभएको थियो भने लोकार्पित पुस्तकबाट एक एक वटा कविताको वाचन शारदा पराजुली र मेनका पोखरेलले गर्नुभएको थियो ।

मन्तव्य दिनेहरूले कवितामा शब्द शक्तिको धेरै महत्व हुने भएकाले व्यञ्जना र लक्षणा शब्दशक्तिको प्रयोग गरिएको कवितामा मिठास बढी हुन्छ र सार्थक कविता बन्छ भन्दै गोपालजीको कविता सुधारोन्मुख भएको टिप्पणी गर्नुभएको थियो । लगभग १५० जनाको उपस्थिति रहेको सो कार्यक्रम अत्यन्त भव्य र सभ्य थियो ।

०००
– वेदमणि घिमिरेको सौजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

गाेपाल बराल एक राजनीतिक कार्यकर्ता हुन् । उनकाे याे कवितामा पहिलाे पाइला हाे यसरी प्राेत्साहन दिनुभएकाेमा नरनाथ सरलाइ धन्यवाद छ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x