साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त बाबा उठेको ?

बोल्छौ भित्रै भावमा लेख भन्छौ । आँखा चिम्ली प्रेमले देख भन्छौ ॥ ऐना हेर्दा रूप आफ्नै फुटेको । रोयो बालो खै त बाबा उठेको ??

Nepal Telecom ad

हरि खनाल :

पेडा ल्याएँ मान्दछौ हर्ष बाबा ।
राखें जेरी आजकै पूर्ण ताजा ॥
रोटी राम्रा साथ बोडी भुटेको ।
औंसी आयो खै त बाबा उठेको ? ॥१॥

दाह्री लामा देखिए काट्नुपर्ला ।
खुद्रा पैसा सक्कियो साट्नुपर्ला ॥
सम्झें सोध्ने बात धेरै छुटेको ।
सोच्दै आएँ खै त बाबा उठेको ? ॥२॥

बोकी हिँड्थ्यौ काँध दुख्दै छ होला ।
खाली खुट्टा चर्र फुट्दैछ होला ॥
खोज्दै जाँदा तेल राम्रो जुटेको ।
आजै घस्ने खै त बाबा उठेको ? ॥ ३॥

सक्दैनौ हो हिँड्न गोडा बढाई ।
सारा उर्जा पूर्ण मैमा पठाई ॥
जोड्ने बाचा गर्छु आशा टुटेको ।
पाऊँ आज्ञा खै त बाबा उठेको ? ॥४॥

बोल्छौ भित्रै भावमा लेख भन्छौ ।
आँखा चिम्ली प्रेमले देख भन्छौ ॥
ऐना हेर्दा रूप आफ्नै फुटेको ।
रोयो बालो खै त बाबा उठेको ?? ॥५॥

०००
२०७७/०५/३
मुजुरा (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x