फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ८४ औँ शृङ्खला सम्पन्न
अर्मादी अङ्ग्रेजी आवासीय माविको सभाहलमा विद्यालयका अध्यक्ष श्री मोहन रेग्मीज्यूको अध्यक्षता एवम् वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नगर प्रवक्ता पदम गुरुङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
स्याङ्जा, २०८२ वर्शाख १३ । भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचनावाचनको ८४ औँ शृङ्खला सम्पन्न भयाे ।
अर्मादी अङ्ग्रेजी आवासीय माविको सभाहलमा विद्यालयका अध्यक्ष श्री मोहन रेग्मीज्यूको अध्यक्षता एवम् वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नगर प्रवक्ता पदम गुरुङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले, धन्यवाद ज्ञापन प्रतिषठानका अध्यक्ष यमकान्त खनालले राख्नुभयो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए।
कार्यक्रममा १२ वर्षदेखि ८४ वर्षसम्मका स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कविहरू ढालबहादुर केसी, बोधराज न्यौपाने, देशबन्धु आचार्य, अमृत रेग्मी, सुरेश पंगेनी, वसन्त खनाल, नीलकण्ठ लम्साल, यमकान्त खनाल, चिरञ्जीवी अर्याल, लेखनाथ काफ्ले, कवयित्रीहरू दमकुमारी बगाले र सुभद्रा रेग्मी तथा बाल प्रतिभाहरू रूबी रेग्मी, पूर्णिमा नेपाली, अनुष्का पंगेनी र समिना गुरुङले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व शिक्षक ऋषि काफ्ले, पूर्णामृत भवानी माविका कार्यवहाक प्रधानाध्यापक एवम् प्रतिष्ठानका सदस्य दीपक लम्साल, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य गोपाल पौडेल, नेपाली सेनाका पूर्व मेजर ऋषि रेग्मी, समाजसेवी ऋषिकोइराला, विद्यालयका प्रिन्सिपल दयानाथ अर्याल, भाइस प्रिन्सिपल आनन्द अर्याल, सञ्चालक समिति सदस्यहरू टेकबहादुर गुरुङ, रुकबहादुर गुरुङ, प्रतिष्ठनका आजीवन सदस्य एवम् अक्षयकोष दाता हरि ढकाल, पिस जोन एकेडेमीका विद्यार्थी इन्चार्ज रमेश अधिकारी, शिक्षक विश्व पराजुली, शेखर घिमिरे, पूर्व जनप्रतिनिधि देवी रेग्मी, विभिन्न विद्यालयका शिक्षक तथा समाजसेवी व्यक्तित्वहरू लोकराज कोइराला, ईश्वरी पौड्याल, सुरेश गुरुङ, खेमराज कोइराला, धनराज गुरुङ, श्यामप्रसाद रेग्मी, गङ्गा खनाल, डिलकुमारी तिवारी, शुभकान्ति कोइराला, अम्बिका कोइराला, लगायतको उपस्थिति रहेको थियो ।
०००
-श्याम ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































