साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सङ्गमद्वारा १२ कृतिका कृतिकारहरू सम्मानित

कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता, सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्य, ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

मकवानपुर, २०८२ वैशाख १३ । साहित्य सङ्गम मकवानपुरले १२ जना पुस्तकका स्रष्टाहरूलाई सम्मान गरेको छ । ३५४ औँ नियमित साहित्य सन्ध्या तथा विशेष साधारण सभाका क्रममा २०८१ सालभित्र प्रकाशन भएका मकवानपुर जिल्लाभित्रका साहित्यकारहरूलाई सम्मान गरेको हो ।

अघिल्लो वर्ष मकवानपुरका सर्जकहरूका २ मुक्तक सङ्ग्रह, २ गजल सङ्ग्रहका साथै १/१ कविता/नियात्रा/कथा/अनुसंस्करण/गीत/संस्मरण सङ्ग्रह प्रकाशन भएका थिए ।
सम्मानित स्रष्टाहरूका पुस्तक निम्नानुसारका छन्ः
१. अनुभूतिका आँखाहरू अनुसंस्मरण सङ्ग्रहः ऋषिराम उपाध्याय पोखरेल
२. घामका फूलहरु – गजल सङ्ग्रहः तुलसी घिमिरे
३. संयात्राको संयोग – नियात्रा संग्रहः रमेशमोहन अधिकारी
४. बहिष्कृत आवाज – कविता सङ्ग्रहः यश लामा
५. आउँछ यादहरु – गीत सङ्ग्रहः महेश सी आरोह
६. उज्यालोका बाछिटा – मुक्तक सङ्ग्रहः डीबी बर्तौला
७. तृप्ति – गजल सङ्ग्रहः राम कार्की
८. सम्झूँ कि बिर्सुँ – संस्मरण सङ्ग्रहः निर्मोही व्यास
९. गल्छेडाका धुनहरु – मुक्तक सङ्ग्रहः राजबाबु पहाडी
१०. अन्तरध्वनि – मुक्तक संग्रहः किशन पौडेल
११. बन्द ढोकाको चित्कार  – मुक्तक संग्रहः दिनेश शर्मा
१२. कठै – कथा संग्रहः श्यामप्रसाद श्रेष्ठ

लेखकहरूलाई सम्मानपत्रसहित सम्मान समर्पण गरिएको कार्यक्रममा ओमभक्त भण्डारी, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुबास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरूषोत्तम आचार्य, मनोज मधुर, उमेश तिमल्सिना, देवराज तिवारीले रचना वाचन गर्नुभएको हो ।

कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता, सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्य, ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो । आँचल साहित्यकला मकवानपुरका संस्थापक तथा महाकाव्यकार मुना अर्याल, संस्थाका सल्लाहकारहरू निमेष निखिल, सुवास खनाल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य कवि शान्ति प्रियवन्दना, सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार तथा पत्रकार देवराज खरेल, साहित्यसेवी मुक्ति गोविन्द वैद्यको आतिथ्यका साथै विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू, साहित्यकारहरू, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति‌ रह्यो ।

आमन्त्रित अतिथिहरू नवीन सिग्देल र शान्ति प्रियबन्दनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लघुकथाकार ओम श्रेष्ठले आफ्नो पुस्तकहरू पुष्पलाल पुस्तकालयका लागि हस्तान्तरण समेत गर्नुभएको छ ।

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत गर्नुभएको कार्यक्रम हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो भने कार्यक्रमलाई संस्थाका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको हो ।

०००
– संप्रस पाैडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x