फित्काैली डटकमबुढ्यौली साहित्य समाजकाे दाेस्राे सिर्जना वाचन कार्यक्रम
कार्यक्रमकाे प्रमुख आमन्त्रित बहुभाषी सङ्गीत कला प्रतिष्ठान नेपालका प्राज्ञ श्री हरि पौडेल तथा बिर्तामाेड साहित्य कला प्रतिष्ठानकी अध्यक्ष श्री भगवती ढुङ्गेललगायत हुनुहुन्थ्याे ।

मेचीनगर, झापा, २०८२ वैशाख १७ । बुढ्यौली साहित्य समाज झापाद्वारा आयाेजना गरिएकाे दाेस्राे सिर्जना वाचन कार्यक्रम सम्पन्न भयाे ।
मेचीनगर- ९ धुलाबारी झापाकाे मेची सहकारी संस्थाकाे सभा हलमा भव्यरूपमा सम्पन्न कार्यक्रमकाे प्रमुख आमन्त्रित बहुभाषी सङ्गीत कला प्रतिष्ठान नेपालका प्राज्ञ श्री हरि पौडेल तथा बिर्तामाेड साहित्य कला प्रतिष्ठानकी अध्यक्ष श्री भगवती ढुङ्गेल, तेराख प्रतिष्ठानका सचिव श्री जय भण्डारी विशेष आमन्त्रित हुनुहुथ्याे ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री हरिप्रसाद रिमालज्यूकाे अध्यक्षतामा भएकाे थियाे । उपस्थित स्रष्टालाई संस्थाका उपाध्यक्ष श्री जय आचार्यले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे संस्थाका सचिव श्री विन्दु दाहाल मूकदर्शक्क र सदस्य श्री तुलसीप्र. भट्टराईद्वयले आलाेपालाे सञ्चालन गर्नु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित कवि स्रष्टा द्वारा कविता वाचन भएकाे थियाे । उक्त कार्यक्रममा संस्थाकी काेषाध्यक्ष श्री लक्ष्मीअच्युत ढुङ्गानाले आगन्तुककाे स्वागत गरिएकाे र सदस्य दुर्गाप्रसाद सिग्देलले कार्यक्रमकाे ओैचित्यताका बारेमा प्रष्ट्याउनु भएकाे थियाे ।
कार्यक्रममा देवीप्रसाद गौतम, तोयालाल दहाल, उषा गुरुङ, कृष्णप्रकाश सुमार्गी, जय भण्डारी, निलम प्रसाईं, चित्रा पौडेल, एन बि दहाल, पुण्य बराल, लक्ष्मीअच्युत ढुङ्गाना, मीना अधिकारी, भगवती ढुङ्गेल, दुर्गाप्रसाद सिग्देल, भीम खवास, जमुना खवास, परशुराम तिमसिना, याम भँडारी, तुलसी भट्टराई, हरिप्रसाद रिमाल, नारायणप्रसाद कोइराला लगायतका स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा मेचीकाली सहकारी संस्थाले चियाखाजा र पानीको व्यवस्था गरेको थियो भने परशुराम तिमसिनाले उपस्थित सबैलाई फ्रुटी वितरण गर्नुभएको थियो ।
०००
-बिन्दु दाहाल मूकदर्शककाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































