साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई फुच्चा कविता

यी चुसाहारूपी जुकाहरूबाट नेपालीले मुक्ति पाउने कहिले ? यो देशमा सरकार पनि छ है भनेर जनताले गर्व गर्न पाउने कहिले ? मनपरीतन्त्रको कोपभाजनबाट सुरक्षित हुने कहिले ?

Nepal Telecom ad

दिव्य गिरी :

१. मूर्ति र मान्छे

एउटाले जङ्गलमा फेला परेको
ढुङ्गालाई कुँदेर
देवताको मूर्ति बनेपछि
मन्दिर बनायो
र, मूर्तिलाई भित्र राख्यो
अर्कोले त्यही मूर्तिलाई
जीवनभर ढोगेर
जीवनभर पूजा गरेर
आफैलाई देवताको भक्त बनायो
तर, बिडम्बना ।
ऊ आफैले मानवता नै बिर्सियो ।

२. कहिले ? कहिले ?

निजी विद्यालयले अभिभावकको पसिना चुस्छ
निजी अस्पतालले जनताहरूको रगत चुस्छ
बजारले गरीबहरूको रगत र पसिना दुवै चुस्छ
अब तपाईं नै भन्नोस् महाशय
यी चुसाहारूपी जुकाहरूबाट
नेपालीले मुक्ति पाउने कहिले ?
यो देशमा सरकार पनि छ है भनेर
जनताले गर्व गर्न पाउने कहिले ?
मनपरीतन्त्रको कोपभाजनबाट
सुरक्षित हुने कहिले ?
जबाफ सजिलै छ महाशय
तिम्रो प्रश्नको उत्तर हो –
कहिले ? कहिले !?!?

०००
महालक्ष्मी न.पा.५, टीकाथली, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x