साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुुहार

न्याय खोज्ने चक्करमा समय गो खेर भित्रीमनले भन्नथाल्यो “दैव चाला हेर” अव एकै ठाउँ छ बाँकी गुहारौँ कि डाँका ? उस्ले भए खोज्दिन्थ्यो कि बरु नाकानाका ? ॥

Nepal Telecom ad

डा. लोकेन्द्र पौड्याल:

घर चोरिँदा गुहार मागेँ
छरछिमेकीसँग
पुलिस थाना दगुरियो
सुनाउन प्रसङ्ग

दिक्क पुलिसदाइले भने
के समात्नु चोर ?
नेता फोन आएपछि
नछोडिने हो र ?

उनीबाट नभएछि
प्रशासक घर गएँ
भनिदिउँला भन्दै टारे
भर नपर्दो भए

पल्लो घरमा नेता बस्थे
उनलाई बिन्ती गरेँ
उनी आफ्नै चुनावक्षेत्र
भन्दै पछि सरे

समाजका अगुवासँग
पनि गुहार मागेँ
तिनले अनेक कथा जोड्दै
बुद्धि बाँड्न लागे

सबैतिर कुरा मात्र
भए अनगिन्ती
तर खासमा सुनिएन
मेरो मुख्य बिन्ती

न्याय खोज्ने चक्करमा
समय गो खेर
भित्रीमनले भन्नथाल्यो
“दैव चाला हेर”

अव एकै ठाउँ छ बाँकी
गुहारौँ कि डाँका ?
उस्ले भए खोज्दिन्थ्यो कि
बरु नाकानाका ? ॥

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x