साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरेल र घिमिरेलाई बुढ्यौली सम्मान

बुढ्यौली साहित्य समाज मकवानपुरले आज एक समारोहबिच साहित्यकार तथा साहित्यिक पत्रकार देवराज खरेललाई रु.२०,०००/- रकमसहितको आर. सी. रिजालद्वारा स्थापित तोयानाथ रिजाल स्मृति सम्मान समर्पण गरेको छ ।

Nepal Telecom ad

हेटाैँडा, २०८२ वैशाख २० । बुढ्यौली साहित्य समाज मकवानपुरले आज एक समारोहबिच साहित्यकार तथा साहित्यिक पत्रकार देवराज खरेललाई रु.२०,०००/- रकमसहितको आर. सी. रिजालद्वारा स्थापित तोयानाथ रिजाल स्मृति सम्मान समर्पण गरेको छ ।

यसै गरी बुढ्यौली साहित्य समाज तथा तुल्सी थापा परिवारद्वारा स्थापित रु. २५,०००/- रकमसहितको तुल्सी थापा स्मृति सम्मानद्वारा बुढ्यौली पाठ्यपुस्तकका लेखक तथा हास्यव्यङ्ग्यकार देवीप्रसाद घिमिरेलाई समर्पण गरेको छ ।

यसै गरी यस अवसरमा श्यामकुमार बानियाँको शब्द तथा नवराज पराजुलीको स्वर रहेको बुढ्यौलीसम्बन्धी गीतसमेत विमोचन गरिएको थियो ।

सम्मानित स्रष्टाका बारेमा रमेशमोहन अधिकारीले प्रकाश पार्नुभएको थियो भने सम्मानित स्रष्टाहरूलाई पुरन जोशी, जुना दाहालले बधाई दिनुभएको थियो ।

सचिव सुवास खनालको सञ्चालनमा भएको यस कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमार लामिछानेले गर्नुभएको थियो । प्रमुख आतिथ्य हास्यव्यङ्ग्यकार चट्याङ माटरले गर्नुभएको थियो भने सभाध्यक्षता बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी.रिजालले गर्नुभएको थियो ।

ओमभक्त भण्डारीको शङ्खध्वनिबाट आरम्भ भएको यो कार्यक्रम रोयल पार्टी प्यालेस हेटाैँडामा भएको थियो ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x