फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठानकाे १४७ औँ विशेष कविगोष्ठी सम्पन्न
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको बताउनु भयाे ।

काठमाडाैं, २०८२ वैशाख २० । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४७ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र तथा नववर्ष विशेष कविगोष्ठी सम्पन्न भयाे ।
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देल, समीक्षक हरि खनाल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, स्वच्छन्द, छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । सिर्जना देश भक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका तथा नववर्ष विशेष रचना वाचन गरेका थिए । अधिकांश रचना नववर्षलाई बिम्व बनाएर रचना गरिएका थिए ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू पुरुषोत्तम सिग्देल, भुवनहरि सिग्देल, हरि खनाल, गङ्गा लिगल, विन्दु दाहाल, दुर्गाप्रसाद सिग्देल, उषा खनाल, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे, लक्ष्मीप्रसाद मिश्र र टेकबहादुर लौडारी हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ । समसामयिक अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउदा सर्जक मुग्ध भए भन्नु भयो । अभ्यास जति गर्न सक्यो उति सिर्जना माझिदै जान्छन् भन्नु भयो । प्रविधिमैत्री कविगोष्ठी निरन्तर गरिरहेको छ भन्नु भयो । मेरो प्रेरणाको स्रोत भएको छ । अनुपमको ऋणि भएको छु भन्नु भयो । समीक्षक हरि खनालको कविता पनि समीक्षा गर्नु भएको थियो ।
समीक्षक हरि खनालले गोष्ठीमा वाचन गरिएका कविताको सुललित शैलीमा समीक्षा गरिदिनु भयो । प्रविधिको माध्यमबाट श्रवण गरेर समीक्षा गर्नु सजिलो काम होइन । कविताको समीक्षा औजसे काम पनि हो ।
उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भयो । कविगोष्ठीको संयोजन कुशल शैलीमा गर्नुभएको थियो ।
सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । सर्जकले भाषाको सेवा गरिरहेका छन् । भाषा नभएमा देश रहदैन । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । छन्द मौलाउदै आएको छ । आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो ।
उहाँले गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































