फित्काैली डटकमकर्मदा सिर्जना मञ्चको ४७ औँ प्रविधिमैत्री काव्यगोष्ठी
प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहाल, विशिष्ट अतिथि डा. देवी पन्थी र विन्दु दाहाल, समीक्षक पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थितिमा भव्य किसिमले सम्पन्न भएकाे हाे ।

लमजुङ, २०८२ वैशाख २५ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४७ औँ स्वतन्त्र विधा नववर्ष विशेष प्रविधिमैत्री काव्यगोष्ठी संस्थाका अध्यक्ष जगदीशश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहाल, विशिष्ट अतिथि डा. देवी पन्थी र विन्दु दाहाल, समीक्षक पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थितिमा भव्य किसिमले सम्पन्न भएकाे हाे ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।
यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु, मुक्तक, गजल रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए । नववर्षलाई बिम्व बनाएर विरचित सिर्जना वाचन गरिएको थियो ।
यस अवसरमा रचना वाचन गर्ने सर्जक कलानिधि दाहाल (अष्टुप् – नयाँवर्ष), पुरुषोत्तम सिग्देल (भुजङ्गप्रयात – गजल), देवी पन्थी (चारु), विन्दु दाहाल (शार्दूलविक्रीडित- नयाँवर्षको शुभकामना), गङ्गा लिगल (मुक्तक) जगदीश्वर पोखरेल (उपजाति – नयाँवर्ष), बिनुबाबा घिमिरे- स्रोता ) वासु ठकुरी (चारु) र लक्ष्मीप्रसाद मिश्र (चारु) वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहालले नयाँ सोच नयँ विचार लिएर सिर्जना गर्नुपर्दछ । पुरानो सोच नबदलिएसम्म साहित्यको विकास हुन सक्दैन । सिर्जना छर्लङ्ग बुझिने हुनु पर्दछ । युग बदलियो । समय बदलियो । सर्जक पनि बदलिनुपर्दछ भन्नु भयो ।
समीक्षक पुरुषोत्तम सिग्देलको रचनाको समीक्षा गर्नु भएको थियो । स्रष्टाको सहभागीता निम्न भए पनि स्तरीय़ प्रस्तुति भएको थियो भन्नु भएको थियो ।
विशिष्ट अतिथि देवी पन्थीले गजल र चारुको इतिहासको वारेमा महत्त्वपूर्ण मन्तव्य पस्किनु भएको थियो । साहित्यको विकासमा निरन्तर रूपमा लागिराख्नु भएको छ । विशिष्ट अतिथि वरिष्ठ कवि विन्दु दाहालले कर्मदाले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा योगदान पुऱ्यएको छ भन्नु भयो ।
समीक्षक पुरुषोत्तम सिग्देलले वाचित सिर्जनाको सुललित शैलीमा एक एक गरी समीक्षा गर्नु भयो । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलाएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए भन्नु भयो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले सहभागी स्रष्टाहरूले नववर्षको आवागमनलाई बिम्ब बनाएर गरेका रचना वाचन गरे ।
कविगोष्ठीको संयोजन अध्यक्षले लालित्य शैलिमा सञ्चालन गर्नुभएको थियो । सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले नववर्ष विशेष कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































