साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि केशवराज अ‍ामोदीकाे `मत्स्यगन्धा´ महाकाव्य लोकार्पण

गण्डकी वाङ्मय प्रतिष्ठानको अ‍ायोजनामा भएको कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो।

Nepal Telecom ad

तनहुँ, २०८२ वैशाख २६ । तनहुँको व्यास नगरपालिका स्थित दमौली स्थित व्यास नगरपालिका तनहुँको सभाहलमा अ‍ायोजना गरिएको समाराेहमा महाकाव्यकार केशवराज अ‍ामोदीको महाकाव्य `मत्स्यगन्धा´ को लोकार्पण कार्यक्रम सम्पन्न भयाे ।

गण्डकी वाङ्मय प्रतिष्ठानको अ‍ायोजनामा भएको कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रम गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौमाया न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

तनहुँ व्यास नगरपालिकाकै सेरोफेरोका पौराणिक कथा समेटिएको मत्यस्यगन्धा लोकार्पण कार्यक्रममा त्यहाँका दरै, बोटे, दलित जनजाति समुदायका अगुवाहरूबाट शुभकामना व्यक्त गरिएकाे थियाे ।

कविहरूबाट लाेकार्पित कृति मत्स्यगन्धा महाकाव्यका श्लोकहरू पनि वाचन गरिए भने साहित्यकार डा.नारायणप्रसाद खनालबाटले महाकाव्यको समीक्षा प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यक्रमको व्यवस्थापन र चाँजोपाँजो मिलाउन खटिएका अ‍ादरणीय साहित्यकार मुकुन्द पौडेललाई हार्दिक धन्यवाद दिइयाे ।

चितवनबाट साहित्यकार रामबाबु घिमिरे, केशवराज अ‍ामोदी, तिलकराज शर्मा, मुकुन्द पौडेल, लक्ष्मण अर्याल, गोकर्ण मल्ल, कमल अर्याल, चिरञ्जीवी दाहाल, राजेन्द्र घायल र डा. नारायणप्रसाद खनाल तनहुँ पुग्नुभएकाे थियाे ।

चितवनबाट जानुभएका साहित्यकारहरूले छाब्दी बाराही दर्शन, व्यास गुफा, मादी-सेती नदी बेनी दोभानकाे अवलोकन गर्नुभएकाे थियाे ।

०००
– चितवनबाट राजेन्द्र घायलकाे सहयाेगमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x