साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साठी कटेको दिन

होलान् पैँतिस देखि चालिस पुगी बस्ने कुमारी कतै भन्दै खोज्न हिँडे स्वयं दशदिशा देखिन्न हो फुर्सदै मायाको जब जालभित्र धसिए गाह्रो पर्‍यो उम्किन शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पत्नी दुर्घटना परीकन गइन् एक्लै उता स्वर्गमा
एक्लो बन्न पुगे हरेशिव बुढा गुज्रेकि झैँ नर्कमा
गाह्रो पर्छ बुझाउनै मन अहो सम्झेर प्यारी छिन
शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥१

हाँक्नै पर्छ गृहस्थको रथ स्वयं बाँचेर मान्छे हुँदा
भोकै पल्टिनु पर्छ रात कहिले चर्को व्यथाले छुँदा
भान्छाको अधिकार पर्दछ भनी भान्छेकनै सुम्पिन
शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥२

साँचै नै घरबार सुन्दर थियो भारी थियो वैभव
साह्रै कष्ट भयो नि साख घरको जोगाउनै रे अब
छोडी देश दुवै पलायन भए छोरा बुहारी किन?
शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥३

फिर्छन् चाड अनेक पर्व तिथि नै नानाथरी नामको
धेरै रीत र धर्म थाम्नु छ यहाँ एक्लै सबै कामको
एक्लेवीर बनेर रात दिन नै को सक्छ है पिल्सिन
शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥४

होलान् पैँतिस देखि चालिस पुगी बस्ने कुमारी कतै
भन्दै खोज्न हिँडे स्वयं दशदिशा देखिन्न हो फुर्सदै
मायाको जब जालभित्र धसिए गाह्रो पर्‍यो उम्किन
शोभाकान्त विवाह गर्न कसिए साठी कटेको दिन॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x