साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेवास्ता

कति छिटो भुल्न सक्ने नाता रैछ मृत्यु ? विगतको लोलोपोतो भ्रम पो रैछ मृत्यु बाँचुन्जेलको मलामी आश व्यर्थ रैछ मृत्यु वेवास्तामा एक्ल्याइने संयोग रैछ मृत्यु ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

चिर निन्द्रामा सुत्या वेला
सपना के आको ?
भर्खर नै देख्न पुगें
आफ्नै मृत्यु भाको

परिवारले कुर्दै रैछन्
मलामीजन आउन
अपेक्षितको जमघट पछि
मेरो लास उठाउन

अघि आउने पर्खंदै थे
बाँकी आउनेहरु
सवै आफ्नै धुनमा थिए
खेल्दै मोबाइलहरु

हातहातमा मोवाइल थियो
समय काट्ने साथी
सबै आफै व्यस्त थिए
हेर्दै अनेक जाती

कोहि आफ्नो फेसबुकमा
साथी भेट्दै थिए
कोहि भने यूट्यूवमा
रहर मेट्दै थिए

मानौं, तीनलाई वास्ता थेन
मेरो मरणसँग
सवै थिए आफ्नै तालमा
आफैसँग दंग

मलाई लाग्यो, मरेपछि
चासो घट्ने रैछ
विगतको मायाँमोह
पनि हट्ने रैछ

समाजको नजरमा
हल्का रैछ मृत्यु
मन छुने मायाँ भन्दा
फरक रैछ मृत्यु

कति छिटो भुल्न सक्ने
नाता रैछ मृत्यु ?
विगतको लोलोपोतो
भ्रम पो रैछ मृत्यु

बाँचुन्जेलको मलामी आश
व्यर्थ रैछ मृत्यु
वेवास्तामा एक्ल्याइने
संयोग रैछ मृत्यु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x