साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुकदेव उपाध्यायको उपन्यास कृति ‘ऐँजेरु’ को लोकार्पण

साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई, माधव प्रसाद गौतम र उपाध्याय लगायतले उक्त उपन्यासको लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ जेठ ३ । उपन्यासकार शुकदेव उपाध्यायको  दोस्रो औपन्यासिक कृति “ऐँजेरु”को लोकार्पण भएको छ ।

शनिबार साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई, माधव प्रसाद गौतम र उपाध्याय लगायतले उक्त उपन्यासको लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा उक्त कृति लोकार्पण कार्यक्रम भएको हो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले समाजको यथार्थलाई उपन्यासले समेटेको बताउँदै ऐँजेरु जस्ता पात्रहरु समाजमा यत्रतत्र पाइने बताए । उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको बताए ।

पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईलेभने -“उपन्यासका पात्रहरुले सजीव ढंगले संवाद गरेका छन्। कथाबस्तु शान्त र सलल बगेको छ । उनले भने उपन्यासका पात्रहरु जीवन्त छन् । पश्चिम नेपालको कथा समेटिएको पात्रहरुको चरित्र चित्रणमा मिहिनता देखिएको पठनीय कृति हो ऐँजेरु ।”

वरिष्ठ नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए । उनले भने -“शुकदेवले यो विषयमा नलेखेको भए म लेख्थें ।” आफू उपन्यास पढेर भावुक भएको पनि उनले बताए ।

सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने- “हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ ।तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो ।”

“केक काटेर जन्मदिन बनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउँनुमा आकास पातालको फरक छ । ७१ औं जन्मोत्सवमा कृति निकाल्नु स्रष्टाको निम्ति, परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य हो । “उनले उपाध्यायलाई थोरै समयमा साहित्यमा परिचित भएकोमा बधाई दिए ।

डा.शान्तिमाया गिरीले लेखकको व्यक्तित्वमाथि प्रकाश पारिन् । कार्यक्रममा माधव प्रसाद गौतम, उपन्यासकार शुकदेव उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

०००

– प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x