फित्काैली डटकमगौतमको “लेकबेँसीको स्पन्दन” लाेकार्पण तथा रचना वाचन कार्यक्रम
संस्थाका सचिव कृष्णप्रसाद नेपालद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विमला पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथि संस्थाका केन्द्रीय सदस्य तिला गौतम लेकाली रहनुभएको थियो ।

चतरा धाम, सुनसरी २०८२जेठ ३ । प्रगतिशील लेखक सङ्घ सुनसरी जिल्ला कमिटीद्वारा आयोजित तथा श्री राधाकृष्ण संस्कृत गुरुकुलम् मावि प्राचीन हरिद्वार चतरा धामको आतिथ्यमा सोही विद्यालयको प्राङ्गणमा सञ्चालित कवि कृष्णप्रसाद गौतमको “लेकबेँसीको स्पन्दन” कविता सङ्ग्रहको परिचर्चा तथा रचना वाचन कार्यक्रम भव्य समारोहका बिच सम्पन्न भएको छ ।
संस्थाका सचिव कृष्णप्रसाद नेपालद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विमला पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथि संस्थाका केन्द्रीय सदस्य तिला गौतम लेकाली रहनुभएको थियो ।
विशिष्ट अतिथिहरूमा विन्दु दाहाल मूकदर्शक (अध्यक्ष प्रलेस कोशी प्रदेश समिति), प्रा डा खेमराज खनाल (पिण्डेश्वर क्याम्पस धरान), जमुना दाहाल (प्रधान अध्यापक, गुरुकुलम् मा वि) हुनुहुन्थ्यो । साथै अतिथिहरू र सुनसरीका बिभिन्न क्षेत्रबाट कवि साहित्य्कारहरूको बाक्लो उपस्थिति थियो ।
कृतिका परिचर्चाकार प्रह्लाद भट्टराई पहरेदारले विभिन्न छन्दोबद्ध श्लोकहरूमा बडो कलात्मक समीक्षा प्रस्तुत गर्नुभएको थियो । प्राडा खेमराज खनाल लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिँदै कृतिकारको अझ साहित्यिक सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा कवि पुन्यप्रसाद चौलागाईँ, सकुन्तला मञ्जरी, लक्ष्मी प्र. पराजुली, जयन्ती गौतम, विष्णुकुमार लिम्बू, कृष्णा पराजुली र गुरुकुल माविका विद्यार्थीहरूले रचना प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा गुरुकुलका कलाकार विद्यार्थीहरूबाट आकर्षक सँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएका थिए ।
०००
– कृष्णप्रसाद गौतमकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































