साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाम्भीर्यमा वृद्ध छन्

बाँकीथ्यो घरबार त्यो पनि सकी हुन्छन् विदेशी दुवै आमा बाबु विरक्तिएर विचरा रुन्छन् अचाक्ली खुबै विद्वान्को अब छैन काम बुझियो छन् मूर्खका आरती रोकिन्छन् कि यसै चलेर रहला यी दुष्टका ज्यादती ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जेठाका परिवार छन् सबजना त्यो दक्षिणी कोरिया
कान्छाका अझ दूर छन् सकल ती झन् राष्ट्र अस्ट्रेलिया
आमाबाबु यता खटी बगरमा कुट्छन् गिटी दैनिक
यस्तो हाल बनाउँदैछ दिनऔँ यो राष्ट्र वैधानिक ।। १

बारी खेत गयो पठाइ सकियो जान्ने भए ती दुवै
खोजे काम अनेक ठाउँ दगुरी के मिल्दथ्यो त्यत्तिकै
जित्तैथे अझ झन् बढी लिखितमा जो लोकसेवा दिँदा
हार्थे मौखिकमा सदैव विचरा आस्थाबिनाका हुँदा ।। २

राम्राका दिन ती गए तलतलै हाम्राहरू माथि छन्
केही छैन विवेक राज्य तहमा गिर्दै गए आज झन्
कुर्सीमा लठुवा बसेर सकियो यो राष्ट्रको इज्जत
गल्दै छन् अब हातपाउ सबका निख्री सक्यो हिम्मत ।। ३

बाँकीथ्यो घरबार त्यो पनि सकी हुन्छन् विदेशी दुवै
आमा बाबु विरक्तिएर विचरा रुन्छन् अचाक्ली खुबै
विद्वान्को अब छैन काम बुझियो छन् मूर्खका आरती
रोकिन्छन् कि यसै चलेर रहला यी दुष्टका ज्यादती ।। ४

जाँदै छन् अब पुत्रतर्फ सुनियो आमा र बाबा पनि
जालान् के घरणी रुवाउन पुगी होलान् सुबिस्ता भनी
छाप्रोमा रहँदै गिटी बरु कुटी खान्छौँ भनी भन्दछन्
यस्तो हालत भोग्छ राष्ट्र अहिले गाम्भीर्यमा वृद्ध छन् ।। ५

०००
भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x