साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोड्दैन है कालले

सौदा झेल बिमेलका कहर छन्, धम्की तथा युद्ध छन् । सत्ता शासन उच्च शक्ति गुट छन्, हुङ्कारका चाल छन् ।। चर्का हैकमवादका लहर छन्, मोटाउने सूत्र छन् । मान्छे बाघ बनेर जब्बर हुने, उत्ताउला तन्त्र छन् ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

पानीले जलवाष्प बन्दिन भने, बन्दैन है बादल।
वर्षाले पनि वृष्टिपात नगरे, मिल्दैन त्यो शीतल ।।
न्यानो ताप र राप मिल्छ रविक‍ो, जाडो खुबै हट्दछ ।
उम्दा याम प्रभात आगमनले, कालो निशा भाग्दछ ।।-१

दिन्छन् साहस पूर्णचन्द्र भवमा, छर्दै उज्यालो अति ।
आफैँ चम्कन सक्दछन् सगरका, ताराहरू छन् जति ।।
साँच्चै उन्नति गर्नसक्छ नरले, सङ्कल्पमा डुब्नु छ ।
जस्तै कष्ट परोस् तथापि श्रमले,सङ्घर्षले बाँच्नु छ ।।-२

तारामण्डल व्योममा चहकिला, बन्छन् झनै रातमा ।
उल्कापिण्ड विनाशको गति लिई, ताक्छन् धराधाममा ।।
पर्छन् खप्न अनेक विघ्न र दशा, भन्छिन् यहाँ मेदिनी ।
मान्छेले अब पाउला र कसरी, आनन्दको जीवनी ।।-३

खोला सागर पोखरी हिमनदी, झर्ना कुवा तालले ।
बेँसी उच्च समस्थली चउरले, डाँडा कुना टारले ।।
पाखापर्वत टाकुरा शिखरले, थुम्का धुरा खर्कले।
जस्तै भव्य कला प्रदर्शन गरून्, छोड्दैन है कालले ।।-४

आविष्कार विभिन्न छन् मनुजका, निर्माणका शिल्प छन् ।
गाडी जेट रकेट अस्त्र सब छन्, क्षेप्यास्त्रका भेद छन् ।।
धेरै सोचविचार वाद मत छन्, सिद्धान्तका चाङ छन् ।
नारा भाषण राजनीति छल छन्, आतङ्कका खेल छन् ।।-५

सौदा झेल बिमेलका कहर छन्, धम्की तथा युद्ध छन् ।
सत्ता शासन उच्च शक्ति गुट छन्, हुङ्कारका चाल छन् ।।
चर्का हैकमवादका लहर छन्, मोटाउने सूत्र छन् ।
मान्छे बाघ बनेर जब्बर हुने, उत्ताउला तन्त्र छन् ।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x