साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानव पुस्तकको तेस्रो वार्षिकोत्सव : दुई कृति लोकार्पित

विष्णुप्रसाद पन्तको सभापतित्व, पूर्व मुख्य सचिव तथा प्रखर गद्य कवि विमल कोइरालाको प्रमुख आमन्त्रित आतिथ्य रहेकाे थियाे भने आजका मानव व्यक्तित्वद्वय- विचारट्याङ्कर प्रा.डा. जयराज आचार्य र मानव संवेदनाकी प्रसिध्द कलाकार मिथिला शर्माको विशिष्ठ आतिथ्य ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ जेठ १० । मानव पुस्तकको तेस्रो वार्षिकोत्सवकाे अवसरमा विशेष समाराेह सम्पन्न भएकाे छ । यस अवसरमा दुई कृति लोकार्पित पूर्व कयाम्पस प्रमुख, साहित्यकार तथा मानव पुस्तक परिकल्पनाकार मध्येका एक विष्णुप्रसाद पन्तको सभापतित्व, पूर्व मुख्य सचिव तथा प्रखर गद्य कवि विमल कोइरालाको प्रमुख आमन्त्रित आतिथ्य रहेकाे थियाे ।

आजका मानव व्यक्तित्वद्वय- विचारट्याङ्कर प्रा.डा. जयराज आचार्य र मानव संवेदनाकी प्रसिध्द कलाकार मिथिला शर्माको विशिष्ठ आतिथ्य, पूर्व सचिव तथा राजदूत मधुरमण आचार्य, साहित्यिक पत्रकार रोचक घिमिरे,डा. बद्री पोख्रेल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक रविराज थापा, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रा.डा. ऋषिराम पोख्रेल, साहित्यकार गोविन्द घिमिरे वेदमणि, स्वामी श्री शान्तम्, प्रा.डा कुलप्रसाद कोइराला, कृषिविज्ञ डा.भवप्रसाद त्रिपाठी, प्रा.डा महादेव अवस्थी, प्रा.डा रामप्रासाद ज्ञवाली, साहित्यकार भुवनहरि सिग्देल, थरेन्द्र बराल, साहित्यकार विजयध्वज थापा, कवि जगदीश्वर पोख्रेल, प्रा.डा देवी नेपाल, कवि ध्रुव मधुकर्मी, फलफूलविज्ञ सूर्यप्रसाद पाण्डे, वरिष्ठ गायिका ज्ञानु राणा, पत्रकार अश्विनी कोइरालाका अतिरिक्त कवि प्रह्लाद पोख्रेल, प्राध्यापक तथा कवि कोशराज न्यौपाने, पूर्व न्यायाधीश कृष्णप्रसाद बस्याल,वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्ट, बहुआयामिक व्यक्तित्व पुरुषोत्तम दाहाल, पूर्व सचिव तथा समालोचक गोपी मैनाली, पूर्व सचिव जयमुकुन्द खनाल, समालोचक तथा कवि ठाकुर शर्मा भण्डारी, समालोचक मेरा दुश्मन मित्र युवराज मैनाली,प्रा.डा आनन्दप्रसाद घिमिरे, कार्यक्रमका बेहुलाद्वय अध्यात्म चिन्तक हरिभक्त सिग्देल, रामचन्द्र घिमिरे, गायक, गजलकार अझ- “अब बोल्नै पर्यो नि”का सम्पूर्ण गायन क्षेत्रका व्यवस्थापक लालकाजी श्रेष्ठ र यो कले पनिको आतिथ्यमा कवि/गजलकार स्वरसुन्दरी सुशीला धमलाको सटिक उद्घोषणमा सुरु भयो।

प्रमुख अतिथिबाट पानसमा दीपोज्वलन, वटुकद्वारा वैदिक ऋचावान र राष्ट्रियगान लगत्तै मेनुका दङ्गाल, सरस्वती तिवारी, कल्पना दाहाल शुचिता काफ्ले, भागीरथी भट्टराई र प्रार्थना खनालबाट अतिथिलाई खादाद्वारा गरिएको सम्मान सकिनासाथ वरिष्ठ युरोलोजिष्ट प्रा.अर्जुनदेव भट्ट जसले आजको कार्यक्रमको सम्पूर्ण आर्थिक भार पनि बेहोरेका हुन् उनीबाट विचारोत्तजक स्वागत मन्तव्य हुनासाथ वर्षभरिका मानव पुस्तकीय व्यक्तित्वलाई सम्मानित गरियो।

दोस्रो चरणअन्तर्गत गीतसहित हरिभक्त सिग्देलकै “भगवद्गीता” र रामचन्द्र घिमिरेको “आद्यक्षरी काव्यमाला”शीर्षक कृति लोकार्पित भए । भगवद्गीताको परिचर्चा कवि गोविन्द घिमिरे वेदमणिले गरे भने आद्यक्षरीको परिचर्चा कलानिधि दाहालका मुखबाट भयो। वर्षभरि उद्घोषणको दायित्व लिने सुशीला धमला, अन्य विविध कार्यमा तदारुकताकासाथ सहयोग गर्ने श्रवण मल्ल ठकुरी, हेमनविक्रम थापा र विभिन्न पाटाबाट आर्थिक सहयोग गर्ने महेश रिजाल कदरपत्रद्वारा सम्मानित भए।

०००
– कलानिधि दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x