साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वेलकम भन्नु गो नभन्नु

अड्डा अदालतमा दासहरु छँदैछन् कागज मिलाउन दागमाथि अर्को दागले छोप्ने हो दाग धो नभन्नु

Nepal Telecom ad

सुदन लुइटेल :

लोड्सेडिङ भए पनि लोड्सेडिङ भएको हो नभन्नु
बिजुली अफिसको नाइके अहिले को नभन्नु

बल्लबल्ल बत्ति जाँदैछ हतार गरेर हुँदैन हजुर
इन्भटर ब्याट्रीको कमिसन धेरै ढिला भो नभन्नु

लुटेरा ठगहरुको जुन पार्टी हो तेसैको पछि लाग्नु
ठग्दिन लुट्दिन भनेर गीताको किताब छो नभन्नु

अड्डा अदालतमा दासहरु छँदैछन् कागज मिलाउन
दागमाथि अर्को दागले छोप्ने हो दाग धो नभन्नु

पार्टीको झण्डा बोक्दै लुट्छ भने आँखा चिम्लिनुस्
आफ्नो भाग ल्याउँदा वेलकम भन्नु गो नभन्नु ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x