साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरी साहित्य सरोवरको ४३ औँ श्रृङ्खला सम्पन्न

सरोवरका अध्यक्ष गोपीचन्द्र कार्कीको अध्यक्षतामा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल प्रमुख आमन्त्रित रहनु भएको कार्यक्रममा १५ जना स्रष्टाले २१ वटा विविध रचना वाचन गरेका थिए ।

Nepal Telecom ad

काठमाडौ, २०८२ जेठ ९ । चन्द्रागिरी स्थित तीनथानामा मासिक रूपमा नियमित सञ्चालन हुँदै आएको साहित्य सरोवरको ४३ औँ श्रृङ्खला मुनाल क्लवको सभाकक्षमा सम्पन्न भएको छ ।

सरोवरका अध्यक्ष गोपीचन्द्र कार्कीको अध्यक्षतामा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल प्रमुख आमन्त्रित रहनु भएको कार्यक्रममा १५ जना स्रष्टाले २१ वटा विविध रचना वाचन गरेका थिए ।

गोपीचन्द्र कार्कीले सहभागीहरूलाई स्वागत अभिव्यक्त गर्दै दिवङ्गत स्रष्टाहरू गोकुल जोशी र सञ्जय थापाप्रति शब्दश्रद्धा व्यक्त गर्नु भयो । उहाँले साहित्य सरोवरको विगत गतिविधीमाथि प्रकाश पारेर आफ्‌नो रचना प्रस्तुत गरेपछि रचना वाचनको क्रम अघि बढेको थियो ।

हिराबहादुर थापाले डिबी थापालाई स्मरण गर्दै लेखिएको ‘कर्कश’ शीर्षकको कविता, जगन्नाथ तिमल्सिनाले ‘शब्दविनोद’ शीर्षकमा, तुलसीराम भण्डारीले गजल सिर्जना प्रस्तुत गरेपछि मोहनहरि आचार्यले ‘रङ्ग तरङ्ग’ शीर्षकक कविता र माधव घिमिरेको चर्चित गीत ‘आज र राती के देखेँ सपना…’ ट्रयाकमा गाउनु भयो ।

कौशल्या लुइटेल र बाल कवि दर्पण कार्कीका रचना वाचनपछि कृष्णहरि कार्कीले ‘श्रमिकलाई सलाम’ शीर्षकको कविता प्रस्तुत गर्नु भयो भने सरिता पराजुलीले गीति कविता र सिर्जना ज्ञवालीले ‘फूल तिमी’ शीर्षकको कविता वाचन गर्नु भयो ।

मोहनहरिको अर्को गीति प्रस्तुतिपछि श्री कृष्ण भारतीले ‘चोरको नाइके’ व्यङ्ग्य कविता, सीताराम नेपालले केही बाछिटा, केही हाइकु र एक लघुकथा प्रस्तुत गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा सुदन लुइटेलको बिजुली बत्तीसम्बन्धी व्यङ्ग्यात्मक गजल, काशीराज सुवेदीले ‘सलाम ख्वामित खुब अच्छा भो’ शीर्षकको सशक्त व्यङ्ग्य कविता र अन्त्यमा हरिशरण आचार्यले संस्कृतका दुई पद्यका नेपाली पद्यानुवाद सुनाउनु भएको थियो ।

प्रमुुख आमन्त्रित नरनाथ लुइँटेलले वाचित सिर्जनामाथि समीक्षात्मक टिप्पणी गर्दै यस श्रृङ्खलामा प्रस्तुत रचनाहरू व्यङ्ग्य वाहुल्य रहेको बताउनु भयो । ‘आफ्‌ना आस्था विश्वासका शिखरहरू देशोन्नतिलाई बिर्सेर चरम स्वार्थोन्नतिर खसेपछि हामी नेपालीहरूको भाग्य र भविष्यमाथि तुषारापात हुँदै गएको देखेर कमसेकम कलमबाटै खबरदारी गर्नु कलमजीवीको दायित्व हुन आएको छ ।’ उहाँले भन्नु भयो ।

तीनथाना, ढुङ्गाअड्डा आउँदा हास्यव्यङ्ग्यका पितामह भूतको भिनाजु अर्थात वासुदेव शर्माको स्मरण भइरहने गरेको बताउँदै शर्माको ‘निम्तालुमा नाम दरिएन’ शीर्षकको कविता प्रस्तुत गरि कार्यक्रम समापन भएको घोषणा गरिएको थियो ।

०००
– गोपीचन्द्र कार्कीको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x