डिल्लीप्रसाद मूलतिहुनकवितात्मक समाचार
रामगोपाल आशुतोष भूमिकामा बोले तोकिएको समयमा ठ्याक्क द्वार खोले सभाध्यक्ष राममणि ढुङ्गेल मञ्च पसे अन्य सबै अतिथिको आसनमा बसे आशुतोष भन्नुहुन्छ अब गरौं सुरु कार्यक्रम अघि बढ्न लाग्यो खुरुखुरु ।

डिल्लीप्रसाद मूलतिहुन :
भक्तपुर जेठ दस गते शनिबार
यस्तो कवि गोष्ठी भयो भन्छु लगातार
चक्रपाणि स्मारक प्रतिष्ठान आज
यस्तो कार्य गर्न पुग्यो पुगोस् सबै माझ
सूर्यविनायक नपा ६ नं भक्तपुर
सिद्विदास स्कुलमा गोष्ठी गर्ने सुर
आयोजक चक्रपाणि प्रतिष्ठान भयो
तयारिकासाथ टोली सो स्थान गयो
रामगोपाल आशुतोष भूमिकामा बोले
तोकिएको समयमा ठ्याक्क द्वार खोले
सभाध्यक्ष राममणि ढुङ्गेल मञ्च पसे
अन्य सबै अतिथिको आसनमा बसे
आशुतोष भन्नुहुन्छ अब गरौं सुरु
कार्यक्रम अघि बढ्न लाग्यो खुरुखुरु
१) उद्घोषण कन्चन गजमेर GR
कन्चनले कविलाई आमन्त्रण गरिन्
कोइली झैँ मीठो बोल्दै शब्दामृत छरिन्
२)लक्ष्मी थापा
लक्ष्मीबाट सिर्जनाको प्रयोगशाला आयो
दर्शकले राम्रो मान्दै थपडी बजायो
३)केशव ज्ञावली
नारी पुरुष जोजो बोलुन आकाश खस्ने छैन
काव्य भन्छ अक्षरले कतै डस्ने छैन
४)वसन्त नकर्मी
यो देशका धेरै मान्छे नेता बन्न खोज्छन्
सोझो बाटो बिर्सिएर बाङ्गोबाटो रोज्छन
५)शान्तिराम भट्टराई
साहित्यको सूचनाले उत्साहित गरि
गीतबाटै पसिना पो झारे तरतरी
६)विश्व सिग्देल
सुस्त शान्त प्रकृतिको सिर्जना छ छोटो
पस्कनु भो कविताको यो अमूल्य पोको
७)रामेश श्रेष्ठ
मेट्न पाए हुन्थ्यो होला कवितामा प्यास
लेख्दै जानोस बन्नुपर्छ भविष्यमा ब्यास
८)हरिहर तिमल्सिना
धेरै सुतेँ अब देखि जागै बस्ने मन छ
मजासँग सिर्जनाको कुम्लो कस्ने मन छ
९)बिपिनचन्द्र बनेपाली
पिपिनको गजलले दुःख बोलेको छ
कुशासन बढेकोले छाती पोलेको छ
१०)चन्द्रबहादुर लामा
रातो कार्पेटको कथा सुन्दै काम्छ मन
कुशासनको राँको बल्यो साँच्चै दनदन
११)सन्जय सुमन
सुनसान चिहानमा दन्किएको आगो
दुई हरफमा संसारनै अटे जस्तो लाग्यो
१२)सुरेस गाउँले
आजकाल काठमाडौ सुतेको छ हेर
हलचल गरे हुन्थ्यो चाँडै ब्यूझिएर
१३)ईश्वर थोकर
न्यातपोल सँग छोटो कुरा बोलेको छ
कविताको बाटो साँच्चै नयाँ खोलेको छ
१४)सुरेन्द्रलाल
पिंजडाकी चरीलाई सास्ती परेको छ
कस्ले बुझ्ने यहाँ मेरो न्याय मरेको छ
१५)जितेन्द्र मण्डल
केके लेख्यौ कवितामा भनी साध्य छैन
छन् शव्दका रङ्ग कति गनि साध्यछैन
१६) पदम दाहाल
भूमिकाका साथ भन्छन् काठमाडौको कथा
कथाभित्र समेटिए नानाथरी ब्यथा
१७)विश्वनाथ ढुङ्गेल
चालीस वर्ष अघिदेखि रचिएको गीत
लय हाली आमालाई सम्झे राम्रोसित
१८)डाक्टर यादेवी ढकाल
परिचय पस्किएर प्रश्न गर्नु हुन्छ
पुराना र नयाँ कुरा सबै भर्नुहुन्छ
१९)चेवन बस्नेत
छन्द हो कि बिना छन्द रगतको राग
डरलाग्दो आयो आम्मै बाँच्ने भए भाग
२०)केशव लुइँटेल
मलाई नै धन्यवाद दिन भ्याउनु हुन्छ
पञ्चचारमा पापी किरो ल्याउनु हुन्छ
२१)कुमार लघु
सिक्ने इच्छा लागेकोले यहाँसम्म आएँ
पुरानो खै केही छैन सबै नयाँ पाएँ
२२)रामशरण न्यौपाने
वीरताको कथा लेख्ने महारथी छैन
आगो बालौअगुवाको राम्रो मति छैन
२३)नगेन्द्रप्रसाद पौड्याल
अयोग्य छ भन्दै भन्दै योग्य काव्य आयो
सर्जकका आफ्ना कुरा सिर्जनाले ल्यायो
सञ्चालन गर्न फेरि आशुतोष आए
हाँसीहाँसी कार्यक्रम मजाले चलाए
२४)ध्रुर्वनारायण जोञ्छे
वनको बाघ ल्याएको छु सिर्जनामा आज
पिजडाको बाघ स्याल भयो चुप लाग
२५)ईश्वर पोखरेल
हेलो हाइ मयल टाई सिर्जनाको सुरु
क्या मजाको कविता यो सुन्यौं खुरुखुरु
२६)कञ्चन गजमेर
उद्घोसिका कन्चनको कारागार राम्रो
वाचनले अझै धेरै ध्यान तान्यो हाम्रो
२७)केशव घिमिरे
यहाँनेर एउटा असल स्रोता पनि पायौं
सबै मिली उहाँलाई थपडी बजायौँ
२८)रामगोपाल आशुतोष
सबैलाई धन्यवाद दिँदै भन्नुहुन्छ
सिर्जनामा माया दिने सेवक बन्नुहुन्छ
२९)सभाध्यक्ष राममणि ढुङ्गेल
समितिको सल्लाहले हामी अघि सर्यौँ
यसो गर्यौँउसो गर्यौँअनि यसो गर्यौँ
यो गोष्ठीमा पाल्ने सबै विशेष मान्नुभयो
धुन्दुकारी सिर्जनाको ब्यङ्ग्य हान्नुभयो
उपस्थित सबैलाई धन्यवाद दिए
सभा बिसर्जन गरे अनि विदा लिए
छोटाछोटा सिर्जनाले टिप्पणीमा गाह्रो
पार्न खोजे झण्डै छुट्यो पसिनाको धारो
जम्माजम्मी बतीसजना उपस्थित पायौँ
अलोपालो गरि काव्य सुन्यौँ र सुनायौँ
३०) अनिल कसपाल
अचानक काम पर्यो चाँडै जानुभयो
कविजीको रचनानै सुन्न बाँकी रह्यो
३१) शिशिर चालिसे
कार्यक्रम संयोजन गर्नुभयो राम्रो
खाजा पानी दिँदै ख्याल गर्नुभयो हाम्रो
३२) डिल्लीप्रसाद मूलतिहुन
म आफुले जानेसम्म यो टिप्पणी कोरेँ
गीतिलय समातेर यति कुरा जोडेँ
कवितात्मक खबर लेखियो
जे सुनियो र जस्तो देखियो
सामुहिक तस्बिर लिएर
हिड्यौँ खाजा र चिया पिएर
०००
Subscribe
Login
0 Comments
Oldest








































