साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोराहीमा स्मृति योगीकाे  ‘अनुराग’ गजलसङ्ग्रह विमोचन

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecom ad

दाङ, २०८२ जेठ १५ । साहित्यकार स्मृति योगीकाे पहिलाे कृति अनुराग गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साहित्यकार योगीको गजल सङ्ग्रह ‘अनुराग’ मा विभिन्न विषय समेटिएर तयार पारिएका ८० वटा गलज समावेश रहेका छन् । समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विसङ्गति लगाएत सबै कुरालाई अनुरागमा समेटिएको छ । गजलसङ्ग्रह ‘अनुराग’ को समीक्षकमा साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिला रहेका थिए । समीक्षक दुबैले योगीले समाजमा भए गरेका विभिन्न विषयलाई उठाएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामनासंगै सल्लाह सुझाव समेत दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणी देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेश पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

बाक्लो दर्शनहरू रहेको सो कार्यक्रममा संस्थाकोतर्फ लेखकलाई लेखकलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
puspa rana
puspa rana
10 months ago

हार्दिक बधाई तथा शुभकामना !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x