साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितावाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न

कार्यक्रमकी प्रमुख अतिथि वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रे हुनुहुन्थ्याे ।

Nepal Telecom ad

स्याङ्जा, २०८२ जेठ १५ । भेषजराज साहित्य प्रतिष्ठानले वालिङ नगरपालिकाको विशेष आर्थिक सहयोगमा गणतन्त्र दिवस २०८२ को अवसरमा वालिङ नगरपालिकाव्यापी विद्यालयस्तरीय कवितावाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिष्ठानकाे याे ८५ औँ श्रृङ्खला हाे ।

कार्यक्रमकी प्रमुख अतिथि वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेज्यूले यस्ता कार्यक्रमले विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन हुनाका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने कुरा व्यक्त गर्नुभयो । यसै क्रममा उहाँले साहित्यकार भेषजराज शर्मा आफ्ना गुरुसमेत रहेको स्मरण गर्दै उहाँका योगदानको मूल्याङ्कन हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदी, पूर्व जनप्रतिनिधि तथा कवि ध्रुवप्रसाद शर्मा पंगेनी, नेपाली लेखक सङ्घ केन्द्रीय समिति सचिव मिलन समीर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, श्रवण कुमार प्रतिष्ठानका अध्यक्ष सीताराम अधिकारी, वालिङ उद्योग वाणिज्य सइ्घ वालिङका वरिष्ट उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल, वालिङ नगरपालिकाका योजना शाखा प्रमुख ढालबहादुर केसी, वालिङ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख उमादेवी डुम्रे, कविहरू कमल बगाले, लेखनाथ काफ्ले, पारीश्वर न्यौपाने, नारायणप्रसाद रेग्मी शम्भु अर्याल, सुरेश पंगेनी, कवयित्रीहरू भोजकुमारी पाण्डे, विष्णु पंगेनी पाण्डे लगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अप्रतियोगी छात्रछात्राहरूले पनि कविता वाचन गरेका थिए । कवितावाचनतर्फ जनसेवा माविकी आशिका कनौजे, पायनिअज एकेडेमीकी जीविका गैह्रे, राष्ट्रिय मावि आँपडालीकी निशा चौबे, पिस जोन एकेडेमीकी मुना रसाइली र जीवन ज्योति अङ्ग्रेजी आ माविकि दीपिका बरालले क्रमश: प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना स्थान प्राप्त गरेका थिए।

यसैगरी चित्रकलातर्फ साइन भिलेज माविकी सोफिया खड्का, पूर्णामृत भवानी माविका सन्तोष पंगेनी, पिस जोन एकेडेमीका सुमिन श्रेष्ठ, भूपू सैनिक माविका आयुष थापा र जनसेवा माविकी रोशनी डुम्रेले क्रमश: प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार राशि दुवै प्रतियोगिताको क्रमश: रू. ४०००/-,२५००/-,१५००/- र ५००/५०० सय एवम् प्रमाणपत्र रहेको थियो ।

कार्यक्रमा निर्णायकको भूमिका कवितावाचनतर्फ ध्रुवराज उपाध्याय बोधराज न्यौपाने र वसन्त खनालले गर्नुभएको थियो भने चित्रकलातर्फ विष्णुप्रसाद अर्याल, देशबन्धु आचार्य र प्रेमप्रसाद सुवेदीले गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उमादेवी डुम्रेले गर्नुभएको थियो ।

०००
-श्याम ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x