साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञामा सामाजिक शास्त्र सङ्गोष्ठी सम्पन्न

सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२का प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर 'नेपाली समाजका विविधता'विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ जेठ १६ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागद्वारा आयोजित सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२का प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर ‘नेपाली समाजका विविधता ‘विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको खोजअनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी नभएको बताउनुभयो।उहाँले सङ्गोष्ठीमा प्रस्तुत हुने खोजमूलक कार्यपत्रले समस्या मात्रै होइन,निराशालाई चिर्दै आशा जगाउनुपर्ने बताउनु भयो । खोजअनुसन्धानले गलत निष्कर्ष निकाल्यो भने समाज नै दुर्घटनामा पर्ने ओैल्याउँदै मन्त्री पाण्डेले समाज अध्ययनको निचोडले सम्भावनालाई ओैल्याउनु पर्ने बताउँदै छिटै सांस्कृतिक नीति सरकारले ल्याउने बताउनुभयो।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यसहित स्वागत मनतव्यका क्रममा समाजका विविध विषयहरूको व्यापकतालाई पर्गेल्नुपर्ने जरुरी ठानेर नै यो कार्यक्रमको आयोजना गर्नुपरेको बताउनुभयो।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.दिनेशराज पन्तले उक्त सङ्गोष्ठी सफलताको शुभकामना मनतव्य राख्नुभएको थियो। कार्यक्रमका मुख्य वक्ताको रूपमा डा.सुरेश ढकाल रहनुभएको थियो।

कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले सङ्गोष्ठीमा १३वटा कार्यपत्र प्रस्तुत हुने बताउनुभयो। उहाँले समाजका विविध पक्षलाई सङ्गोष्ठीले केलाउने र सकारात्मक सम्भावना प्रवाह गर्ने उल्लेख गर्दै उद्घाटन सत्रको समापन गर्नुभयो कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।

यसलगतै सौन्दर्यशास्त्री ईश्वरचन्द्र ज्ञवालीले ‘समाजवाद र संस्कृतिको विश्लेषण’,प्रा.डा. श्रीधर गौतमले ‘वैज्ञानिक समाजवाद र संस्कृति’ प्रा. डा. शम्भुप्रसाद खतिवडाले ‘सामाजिक शास्त्र अध्ययनका नयाँ आयामहरू’,डा. उत्तम खनालले ‘समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’ र डा टिकाराम पोखरेलले ‘सीमान्तकृत समुदायका सवाल र मानव अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

फोकल पर्सनमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिङ्जाली, प्रा.डा.विनोद पोखरेल, प्रा.डा.सुरेन्द्र केसी, डा.केशव सिलवाल र केशव नेपाल रहनुभएको थियो। कार्यपत्रको सत्राध्यक्ष डा.हेमराज ढकालले गर्नुभएको थियोे।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x