फित्काैली डटकमसाहित्यकार विजय चालिसे हामीबीच रहनु भएन
केही समयअघिदेखि अबुर्द राेगबाट अस्वस्थ रहनुभएको र उपचार गराइरहनु भएका चालिसेको शुक्रबार बिहान ९ बजेतिर निधन भएको हो ।

काठमाडौं, २०८२ जेठ १६ । फित्कौली द्वैमासिकका संरक्षक सदस्य तथा साहित्यकार विजय चालिसे अब हामी बीच रहनु भएन ।
केही समयअघिदेखि अबुर्द राेग (क्यान्सर) बाट अस्वस्थ रहनुभएको र क्यान्सरको कारण उहाँ केही समय यता भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो । अचानक छाती दुख्न थालेपछि आज बिहान घर नजिकै अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा दौडाएर लगियो । त्यहीँ उहाँको जेठ १६ गते बिहान १०:१५ बजे निधन गएको हो।
लामो समय गोरखापत्रमा पत्रकारिता गरी सेवा निवृत हुनु भएका चालिसे त्यसपछिको समय साहित्य साधनामा तल्लीन हुनुहुन्थ्याे । भैरव पुरस्कार गुठी उपाध्यक्ष चालिसे रमेश विकल साहित्य प्रतिष्ठानको संस्थापनादेखि त्यसको व्यवस्थापन र सञ्चालनमा अधिकतम समय दिँदै आउनु भएको थियो ।
फित्कौलीको प्रकाशन आरम्भदेखिनै निकट रहनु भएका चालिसेले पछिल्लो अवधिमा सहृदयतापूर्वक स्वेच्छाले यसको संरक्षक सदस्यता ग्रहण गर्नु भएको थियो । उहाँको यो असामयिक निधनमा फित्कौली परिवार सतसः दुखी भएको छ । हामी उहाँँप्रति हार्दिक शब्दश्रद्धा अर्पण गर्दछौँ र शोकसन्तप्त चालिसे परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
दिवङ्गत चालिसेको अन्तिम संस्कार गोकर्णमा आजै सम्पन्न हुने पारिवारिक श्रोतले जनाएको छ ।
पछिल्लाे चरणमा प्रकािशत चालिसेका जीवनकाे वक्ररेखा (कथासङ्ग्रह) र युगसन्धि (उपन्यास) चर्चित रहेका छन् ।

वि. सं. २०३० मा ’आँसुमा रुझेको जीवन’ शीर्षकको कथा प्रकाशित गरि साहित्यिक यात्रा आरम्भ गर्नुभएका चालिसेका ‘अनि कुइरो फाट्छ’ (उपन्यास), ‘होटेल राँकिमा हत्या’ (उपन्यास), प्रयोग–प्रत्यारोपण, ‘त्रिविध’ ‘भग्न आस्थाको खण्डहर’, ‘अग्निचक्र’ ‘विज्ञानको कैदी’, ‘खोसिएको सपना’, अप्रिलको बेलायत–यात्रा (निबन्ध), मनका तूलिकामा स्मृतिकन बिम्बहरू (निबन्ध), ओह्…नेपारु (निबन्ध), डोटेली लोक संस्कृति र साहित्य (संस्कृति), दयालु राजकुमार (बालचित्र कथा), समाचार सङ्कलन, लेखन र सम्पादन (पत्रकारिता), आमसञ्चारका विविध पक्ष (पत्रकारिता), समाचार सङ्कलन तथा सम्पादन (पत्रकारिता), आमसञ्चार, द्वन्द्व र आतङ्कवाद (पत्रकारिता), आमसञ्चारका सिद्धान्तहरू आमसञ्चारका सिद्धान्तहरू लगायत बालसाहित्यमा दयालु राजकुमार (चित्रकथा) सेवाका प्रतिमूर्तिः दयाबीरसिंह कंसाकार (जीवनी), अनौठोभूमिमा एलिस, (अनुबाद उपन्यास), हाम्रो वरिपरिको विज्ञान (बालविज्ञान), बादलका बुट्टाहरू (बाल नाटक), हराएको मूर्ति, टाटेपाङ्ग्रे (संयुक्त कथासङ्ग्रह), विश्वप्रद्धि बालकथाहरू (खण्ड–१) अनुवाद, अमूल्य उपहार, कथासङ्ग्रह विश्वप्रद्धि बालकथाहरू खण्ड–२, अनुवाद ससमे चार दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।
साहित्यिक पत्रकारिता पुरस्कार, २०४६, हराएको मूर्ति बालकथा संग्रहका लागि बालपुस्तक लेखनको श्रेष्ठताका निमित्त नेपाल बालसाहित्य पुरस्कार, २०५६, टाटेपाङ्ग्रेका लागि जनकप्रसाद हुमागाईं र रञ्जुश्री पराजुलीसहित वि. सं. २०५७ सालको साझा बालसाहित्य पुरस्कार, पशुपति बहुमुखी क्याम्पस सम्मान तथा पुरस्कार, २०५७; चटकीको बाँदर कथा सङ्ग्रहका लागि नेपाल बालसाहित्य पुरस्कार–२०५९; प्रेस चौतारी नेपाल सम्मान २०६२, प्रेस चौतारी, नेपाल; बालसाहित्यप्तिष्ठान अभिनन्दन– २०६४; साहित्य सञ्जाल, चन्द्रनिगाहपुर रौतहटद्वारा देवकोटा शताब्दी सम्मान २०६५, तथा अभिनन्दन; सुनकोशी साहित्य सम्मान, सुनकोशी साहित्य प्रतिष्ठान, २०६६; विशिष्ट शिक्षासेवी सम्मान–२०६६, राष्ट्रिय विकास तथा सम्मान केन्द्र; २०६६; यती, अन्तरिक्ष र गाउँघरका कथा सङ्ग्रहका लागि साझा बालसाहित्य पुरस्कार २०६७; ह्रृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार–२०६८, प्रेसचौतारी, नोपाल; रिम्स स्रष्टा सम्मान–२०६८; रिडर्स इन्टरनेसनल मोडल स्कुल, जोरपाटी; नई ईश्वरबल्लभ साहित्य पुरस्कार–२०७०; वैजयन्ती स्रष्टा सम्मान–२०७०; नेपाल साहित्य समाज, साहित्य संबद्र्धन केन्द्र, शब्दार्थ प्रकाशन लगायत तीन दर्जन भन्दा बढी सम्मान एवम् पुरस्कारद्वारा पुरस्कृत हुनुहुन्थ्यो ।
०००





































हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।