साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि पुरुषोत्तम सिग्देलको ‘आँखाका नानी’ महाकाव्य लाेकार्पित

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित छन्दसारथि रमेश खकुरेल, विशेष अतिथि राजेश्वर थापा, कृतिकार पुरुषोत्तम सिग्देल, समीक्षक डा. रमेश शुभेच्छुद्वारा सामुहिक लाेकार्पण गरियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ जेठ १७ । कवि पुरुषोत्तम सिग्देलको ‘आँखाका नानी’ महाकाव्य लाेकार्पण भएकाे छ ।

अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीद्वारा प्रकाशित सिग्देलको ‘आँखाका नानी’ महाकाव्य वाल्मीकि विद्यापीठ प्रदर्शनी मार्गमा सम्पन्न समारोहमा लाेकार्पण गरिएकाे हाे ।

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित छन्दसारथि रमेश खकुरेल, विशेष अतिथि राजेश्वर थापा, कृतिकार पुरुषोत्तम सिग्देल, समीक्षक डा रमेश शुभेच्छु ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो । सो समारोहमा अध्यक्ष, प्रमुख अतिथि, समीक्षक, विशेष अतिथि, कृतिकारले आँखाको नानी महाकाव्यको संयुक्त रूपममा लोककार्पण गरिएको   थियो ।

कृतिकार पुरुषोत्तम सिग्देलको परिचय प्राध्यापक कोषराज न्यौपानेले गर्नु भएको थियो । डा रमेश शुभेच्छुले आँखाका नानी महाकाव्यको विशिष्ट किसिमले समीक्षा गर्नु भएको थियो ।

विशेष अतिथि राजेश्वर थापा र हरि खनालले शुभकामना दिनु भएको थियो । डा मधुसुदन लामिछाने र प्रह्लाद पोखरेलले महाकाव्यका केही श्लोक वाचन गर्नु भएको थियाे ।

कृतिकार पुरुषोत्तम सिग्देलले महाकाव्यका नायक सन्दुक रुइतलाई नायक बनाएको प्रसङलाई प्रस्तुत गर्नु भएको छ ।

यस अवसरमा रमेश खकुरेल, भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, प्रा डा जीवन अधीकारी, डा रमेश शुभेच्छु, डा मधुसुदन लामिछाने, ठाकुर शर्मा, राजेश्वर थापा, हरिभक्त सिग्देल, हरि खनाल, डा बमबहादुर थापा जिताली, कोषराज न्यौपाने, भोला चालिसे, प्रह्लाद पोखरेल, त्रिलोचन आचार्य, राजेन्द्रप्रसाद नेपाल, अरुण सिग्देल, मन भुजेल, लालबहादुर भुजेल, ठाकुर खतिवडा, निर्मलरमण पराजुली, हरिप्रसाद चौलागाईं, उषा खनाल, कवि पाठक, सुशीलकुमार रिजाल, जगदीश्वर पोखरेल, देवीमाया, गीतादेवी सिग्देल, भगवती नेपाल, पार्वती नेपाल, पार्वती घिमिरे पौडेल, ज्ञानु दाहाल, चूडामणि खनाल, नगिन तामाङ, शेखर सिग्देल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे, कृष्ण खतिवडा, दुर्गा रिमाल अधिकारी, वीरबहादुर लोहनी, वालकृष्ण सुवेदी, टेकबहादुर लौडारी, सौरव घिमिरे, केशवप्रसाद खनाल, र दीक्षा ढुङ्गानाको गरिमायम उपस्थिति भएको थियो ।

प्रमुख अतिथि रमेश खकुरेलले ८४ वर्षको वयमा सक्रिय भएर महाकाव्य रचना गर्नु चानचुने कुरा होइन भनेर कृतिकारको प्रशंसा गर्दै बधाई दिनुभएको थियो ।

सभाध्यक्ष भुवनहरि सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानलाई महाकाव्य प्रकाशित गर्न दिएर गुन लगाउनु भएकोमा धन्यवाद दिनु भयो । संस्थाको तर्फबाट बधाई तथा शुभकामना दिनु भयो ।

संस्थको अनुरोधलाई स्वीकार गरेर लोकार्पण समरोह सफल बनाई दिनु हुने सम्पूर्ण भावकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले पद्यद्वारा स्वागत गर्दै कुशल किसिमले समारोहको संयोजन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x