साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १७३ औँ कार्यक्रममा चालिसेप्रति श्रद्धाञ्जली 

नियमित कथावाचनको कार्यक्रम समापनपछि २०८२ जेठ १६ गते कीर्तिशेष हुनु भएका विजय चालिसेका तस्बिरमा पुष्पार्पणसहित श्रद्धाञ्जली सभा गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ जेठ १७ । सुरभि साहित्य प्रतिष्ठानको १७३ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल हुनुहुन्थ्यो ।

प्रमुख अतिथि वेदमणिले वाचित कथाहरूको सामान्य समीक्षा गर्दै विजय चालिसेको स्वर्गारोहणको घटनाले जीवन के हो भन्ने बुझ्नुपर्ने कुरा बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिले लेखेको कृति वा गरेको कामले कीर्ति राख्न सके मात्र जीवन रहने नत्र मृत्युपछि कुनै निशाना नरहने हुँदा कीर्ति राख्ने कर्म गर्नुपर्ने बताउनुभयो । उहाँले मृत्युसँग सम्बन्धित बोधकथा पनि सुनाउनुभयो ।

नियमित कथावाचनको कार्यक्रम समापनपछि २०८२ जेठ १६ गते कीर्तिशेष हुनु भएका विजय चालिसेका तस्बिरमा पुष्पार्पणसहित श्रद्धाञ्जली सभा गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । कथावाचनको अन्त्यमा गरिएको यो कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले बोल्दै वियज चालिसेको साहित्यिक योगदानको चर्चा गर्दै आफ्नो हितैषी साहित्यका अभिभावक गुमाउँदाको पीडा व्यक्त गर्नुभएको थियो । यी कुराहरू व्यक्त गर्दै गर्दा अध्यक्ष भावुक बन्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यस कार्यक्रममा दिवाकर न्यौपाने, सुशील आचार्य, शर्मिला तिमल्सिना, एलिना चौलागाइँ, आर्या घिमिरे, परशुराम पराशर र घनश्याम प्रसाईंले कथा–लघुकथा वाचन गरेका थिए ।

०००
परशुराम पराजुलीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x