साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाङ्काल प्रज्ञा-प्रतिष्ठानको तेस्रो प्राज्ञसभा सम्पन्न

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर एक समारोहबिच प्राज्ञसभाको खुल्ला सत्रको समुद्घाटन गर्नुभएको थियो।

Nepal Telecom ad

ललितपुर । २०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा-प्रतिष्ठानले भाषा , साहित्य, संस्कृति,कला र सामाजिक क्षेत्रको खोज अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ। महाङ्काल प्रज्ञा-प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीको सभाध्यक्षतामा तेस्रो प्राज्ञसभाको आयोजना गरिएको थियोे ।

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर एक समारोहबिच प्राज्ञसभाको खुल्ला सत्रको समुद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि राईले ‘महाङ्काल प्राज्ञिक पत्रिका’, ‘तामाङ-नेपाली’ द्विभाषिक शब्दकोष र ‘बराम जाति’को सामाजिक, सांस्कृतिक एवम् जनसाङ्ख्यिक अध्ययनको लोकार्पण गर्दै प्रज्ञा-प्रतिष्ठानहरूले आदिवासी ज्ञान प्रणालीसँग सहकार्य गरी जनतासँग जोडिन प्रज्ञाका पदाधिकारीहरू गाउँगाउँसम्म पुग्नुपर्नेमा जोड दिनुभएको थियोे।समावेशी मूल्य पद्धतिमा आधारित भइ रैथाने भाषा, साहित्य, संस्कृति, दर्शन र इतिहासको क्षेत्रमा खोजअनुसन्धान गर्दै महाङ्काल प्रज्ञा-प्रतिष्ठान बहुभाषिक ढङ्गले अघि बढ्नुपर्ने बताउनुभएको थियो। स्थापना भएको छोटो अवधिम‌ै प्रतिष्ठानले खोजअनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका प्रति आभार प्रकट गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले आफू स्थानीय बासिन्दा भएकाले महाङ्काल प्रज्ञा-प्रतिष्ठानको स्तरोन्नति गर्न लागिपर्ने बताउनुभएको थियोे।उहाँले महाङ्काल क्षेत्रका स्रष्टाहरू सङ्घीय प्रज्ञा-प्रतिष्ठानमा समेत प्रतिनिधित्व गर्न सक्षम रहेको उल्लेख गर्दै स्थानीय सङ्ग्राहलयको आवश्यकता रहेको बताउनुभएको थियो।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा अहिले भूमण्डलीकरणले भाषा,साहित्य ,संस्कृतिको क्षेत्रमा अनुचित प्रभाव पारेको बताउँदै साहित्य सिर्जनालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको थियो ।

उहाँले सिर्जनाहरूमा रैथाने बिम्बको प्रयोगले झनै सार्थक पार्ने बताउँदै आन्तरिक ओैपनिवेशिकताको प्रभावले सङ्कटमा परेका भाषाहरूको संरक्षण स्थानीय सरकारले नै गर्नुपर्ने उल्लेख गर्दै महाङ्काल प्रज्ञा-प्रतिष्ठानले स्थापनाको ३ वर्षमा नै जे जस्ता प्राज्ञिक कार्यहरू गरेको छ।तिनीहरू अनुकरणीय रहेको बताउनु भएको थियो ।

प्रज्ञा -प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर के.सी.ले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेट प्रस्तुत गर्दै महाङ्काल क्षेत्रभित्रको प्राज्ञिक उन्नायनमा लागिपर्दै प्राज्ञिक संस्था र व्यक्तित्वहरूसँग निरन्तर सहकार्य गर्नु बताउनु भएको थियो ।

यसैगरी अन्य विशिष्ट अतिथिहरू कोन्ज्योसोम प्रज्ञा-प्रतिष्ठान ललितपुरका अध्यक्ष गोपाल सञ्जेल ,नेपाल बराम सङ्घका केन्द्रीय अध्यक्ष भद्रकुमारी बरामु लगायतले महाङ्काल प्रज्ञा-प्रतिष्ठानले पुर्याएको उल्लेखनीय भूमिकाको चर्चा गर्नुभएको थियो । अर्का विशिष्ट अतिथि साझा प्रकाशन लेखा समितिका संयोजक वशिष्ठकुमार अधिकारीले कविता वाचनसहित शुभकामना मन्तव्य राख्नुभएक‍ो थियो। यसैगरी अतिथिद्वय महाङ्काल वर्डा न ३ का अध्यक्ष मनोज पराजुली र दक्षिणपूर्वी क्षेत्रीय विद्यालय समन्वय समिति ललितपुरका अध्यक्ष रमेशप्रसाद घिमिरेले कार्यक्रममा शुभकामना मनतव्य राख्नुभएको थियो ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा साहित्य विभाग प्रमुख, ‘महाङ्काल प्रज्ञा’ प्राज्ञिक पत्रिकाका प्रधान सम्पादक रत्न विरही घिमिरेले पत्रिकाको महत्त्व र सम्पादन गर्दाका आरोहअवरोहबारे धारणा राख्दै कविता वाचन गर्नुभएको थियो। प्रतिष्ठानका भाषा साहित्य विभागका सदस्य तथा तामाङ नेपाली द्विभाषिक शब्दकोशका कोशकार झञ्जबहादुर गोलेले कोश निर्माण गर्दाका सजिला असजिला पक्ष र यसको महत्त्व बारे विस्तृत धारणा राख्नुभएको थियो ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, कला संस्कृति विभाग प्रमुख तथा ‘बराम जातिको’ कृतिका लेखक टङ्क लामा थोकरले यस पुस्तकको महत्त्व ,बराम जातिको अवस्था’ भाषिक, सामाजिक र सांस्कृतिक पक्षबारे धारणा राख्नुभएको थियोे। महाङ्काल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले साहित्य र संस्कृतिको महत्त्व बारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा अतिथि कवि तथा पत्रकार रिमा केसी,प्रतिष्ठानका प्राज्ञसभा सदस्य सचितानन्द घिमिरे, कला संस्कृति विभागका सदस्य कमलप्रसाद तिमल्सिना र बुद्धराम थिङले कविता वाचन तथा भाषा साहित्य विभागका सदस्य दीपेश तिमल्सिनाले गजल वाचन गर्नुभएको थियो। कार्यक्रमलाई कविता र गजल वाचनले तताएको थियो।

गाउँपालिकाका उपाध्यक्ष तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डोल्मामाया गोलेले धन्यवाद ज्ञापन गर्दै यस क्षेत्रका लेखक, साहित्यकार र कलाकारको संरक्षण गर्दै खोजअनुसन्धानका क्षेत्रमा पालिका लागिपर्ने बताउनुभएको थियो। महाङ्काल गाउँपालिकाका प्रवक्ता एवम् प्राज्ञ परिषद् सदस्य जोनीकुमार न्यासुरले स्वागत मन्तव्य राख्नुभएको थियो।

समापन मनतव्य राख्दै महाङ्काल गाउँपालिकाका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीले अब ऐन संशोधन गरेर प्रज्ञा-प्रतिष्ठानको नेतृत्वमा जनप्रतिनिधि नभइ स्रष्टा नै हुने व्यवस्था गर्न लागेको बताउनुभएको थियोे। कुलपति केसीले भौतिक विकासमा झैँ सांस्कृतिक क्षेत्रको विकासमा पनि आफू निरन्तर लागिपर्ने बताउनु भएको थियो ।

कार्यक्रमको उद्घोषण प्राज्ञ परिषद् सदस्य तथा वडा नं. ५ का अध्यक्ष भूमिनन्द घिमिरेले गर्नुभएको थियो। प्रज्ञा -प्रतिष्ठान प्राज्ञसभाका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर के.सीले उद्घाटन सत्रमा प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सभाले परिमार्जनसहित पारित गरेको थियो। आ.व. २०८२।८३ का लागि विद्यालय केन्द्रित सिर्जनात्मक लेखन प्रशिक्षण ,नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम ,महाङ्काल गाउँपालिका भित्रका स्रष्टाहरूको परिचय कोश ,महाङ्काल गाउँपालिका व्यापी खुला निबन्ध प्रतियोगिता,
विद्यालय केन्द्रित चित्रकला कार्यशाला,खेैजडी र झाँक्री नाचहरूको संरक्षण, विद्यालय केन्द्रित गीत तथा नृत्य प्रतियोगिता ,महाङ्काल सांस्कृतिक उत्सव,वर्षमा दुईपटक अन्तरक्रिया कार्यक्रम,

महाङ्काल प्रज्ञा प्राज्ञिक पत्रिका प्रकाशन
पुस्तकालयका लागि अनुसन्धानात्मक सन्दर्भ पुस्तकहरू खरिद गर्ने ,स्रष्टा सहयोग कार्यकम,तीन जना स्रष्टालाई महाङ्काल प्रज्ञा प्रतिभा सम्मान, बृहत् कला साहित्य सङ्गीत महोत्सव,कार्यालय सञ्चालन तथा व्यवस्थापन, प्राज्ञ सभा र प्राज्ञ परिषद् तथा विभागीय बैठक र दैनिक भ्रमण भत्ता एवम् साहित्यिक अध्ययन अवलोकन भ्रमणसहित आगामी वर्षमा सञ्चालन गरिने सत्रवटा कार्यक्रमका साथै बिस लाख ६० हजारको वार्षिक बजेट महाङ्काल प्रज्ञा-प्रतिष्ठानको तेस्रो प्राज्ञसभाले पारित गरेको थियो। स्थापना भएको तीन वर्षमै प्रतिष्ठानले उल्लेखनीय कार्य गर्दै आएको देखिएको छ।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x