साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको चिन्ता (२)

छन् नि :शब्द भने मतान्तर त्यहाँ पक्कै छ भन्ने बुझी कित्ता प्रष्ट बनाउनू समयमा वार्ता हुँदै मामुली के गर्छन् घरमा विचार सब होस् हुन् बाबु सन्धानका सोधी तथ्य बुझेर मार्ग नदिए के बाबु सन्तानका ?

Nepal Telecom ad

कविराज घिमिरे :

छोरामा अफसोस आउन पुगे पोलेर हाम्रो मन
पार्ला खाक समस्त देह जसरी लाग्दा डँडेलो वन
आफ्ना सन्ततिमा कुभाव रहँदा धोई पखाल्ने यहीँ
आमा बाबु सिवाय छैन गतिलो अर्को नखोजौँ कहीँ ।।

खेल्छन् मक्ख परेर पोखरहुँदो माछाहरू जोडिँदै
हेर्छन् मानिसले उमङ्गसँगले आह्लाद आफूँ हुँदै
त्यस्तै हो घर त्यो जलाशय सरी माछा भए सन्तति
आमाबाबु गरुन् विचार सबको रम्छन् र रुन्छन् कति ।।

बढ्दै छन् जति हुन्छ संशय अहो आश्वस्त बन्ने दिन
मिल्ने हो कहिले खिया छ तनमा बाबा र आमाकन
पुत्रीपुत्रबिना हुँदैन घरको सम्मान भन्छन् तर
मर्यादा कसरी रहन्छ यसरी छन् जो अरूका भर ।।

कल्ले तान्छ तनाउँछन् प्रतिपला आफ्नो खुदै जिन्दगी
अर्कै हुन्छ समीपमा हरघडी बस्ने दिनै बेसरी
बुझ्दा आदरणीय बैँस सबको मानिन्छ कर्तव्यमा
अल्झोमा परिए बिगार्छ दुनियाँ बा भन्दथे शास्त्रमा ।।

छन् नि :शब्द भने मतान्तर त्यहाँ पक्कै छ भन्ने बुझी
कित्ता प्रष्ट बनाउनू समयमा वार्ता हुँदै मामुली
के गर्छन् घरमा विचार सब होस् हुन् बाबु सन्धानका
सोधी तथ्य बुझेर मार्ग नदिए के बाबु सन्तानका ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x