मरुभूमि नारायणझाेलेहरू भन्छन् जयभोले
आखिर बाँदर नै हो मान्छे होइन हेर त आफ्नै निवास पोले यिनले ।

मरूभूमि नारायण :
असाध्यै राम्रो कुरा बोले यिनले
तब आफैलाई भने झोले यिनले ।
खास अरुकै खोल्न हिँडेका थिए
हेर त आफ्नै धोती खोले यिनले ।
होश गुमाएपछि गन्तव्य भुलियो
तब गलत निशाना टोले यिनले ।
गुलियो लोभ देखाएर जनतालाई
खुर्सानीमा नूनबेसार मोले यिनले ।
मान्छेको के देवताकै हत्या गर्छन्
अनि अझै भन्छन् जयभोले यिनले ।
जनतालाई मिठो पानी खुवाउने रे
त्यही पानीमा विष घोले यिनले ।
आखिर बाँदर नै हो मान्छे होइन
हेर त आफ्नै निवास पोले यिनले ।
०००
तनहुँ, रानीगाउँ
Subscribe
Login
0 Comments
Oldest





































