साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झाेलेहरू भन्छन् जयभोले

आखिर बाँदर नै हो मान्छे होइन हेर त आफ्नै निवास पोले यिनले ।

Nepal Telecom ad

मरूभूमि नारायण :

असाध्यै राम्रो कुरा बोले यिनले
तब आफैलाई भने झोले यिनले ।

खास अरुकै खोल्न हिँडेका थिए
हेर त आफ्नै धोती खोले यिनले ।

होश गुमाएपछि गन्तव्य भुलियो
तब गलत निशाना टोले यिनले ।

गुलियो लोभ देखाएर जनतालाई
खुर्सानीमा नूनबेसार मोले यिनले ।

मान्छेको के देवताकै हत्या गर्छन्
अनि अझै भन्छन् जयभोले यिनले ।

जनतालाई मिठो पानी खुवाउने रे
त्यही पानीमा विष घोले यिनले ।

आखिर बाँदर नै हो मान्छे होइन
हेर त आफ्नै निवास पोले यिनले ।

०००
तनहुँ, रानीगाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x