पी पी काेइरालाभूत
सबै डराएर "भूत आयो" भन्दै घर छोडेर भाग्न थाले। उसले भन्यो, "नभाग ! मेरो जिम्मेवारी पुरा गर्न अरु वर्तमानका बहुरुपीहरुले नसक्ने भएकोले नै म भूत आएको हुँ !"

पी.पी. काेइराला :
उसले सोह्र वर्षसम्म सोह्र सरादको पिण्ड पाए पनि घरमा अझै बिलौना गाइरहेका थिए।
बुढी आमै भन्दै थिइन्, “म मर्नु पर्नेमा कालले विचरालाई लग्यो।”
श्रीमतीले रुँदै भनिन्, “म विधुवामाथि आँखा गाड्ने छिमेकीहरुबाट कसरी बच्नु ?”
छोराहरु निराश भएर भन्दै थिए, “हामी टुहुराहरुले बाल्यकाल बुझ्नै नपाई विदेशिनु पर्यो ।”
अचानक त्यस घरको बुढो मुखिया आँगनमा आएर करायो, “म आएँ त अब !”
सबै डराएर “भूत आयो” भन्दै घर छोडेर भाग्न थाले।
उसले भन्यो, “नभाग ! मेरो जिम्मेवारी पुरा गर्न अरु वर्तमानका बहुरुपीहरुले नसक्ने भएकोले नै म भूत आएको हुँ !”
०००
बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































