फित्काैली डटकमकर्मदा सिर्जना मञ्चको ४८ औँ प्रविधिमैत्री काव्यगोष्ठी
संस्थाका अध्यक्ष जगदीशश्वर पोखरेलले अध्यक्षतामा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, विशिष्ट अतिथि कलानिधि दाहाल समीक्षक पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थिति थियाे ।

काठमाडाैं, २०८२ जेठ २९ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४८ औँ प्रविधिमैत्री स्वतन्त्र विधा काव्यगोष्ठी सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष जगदीशश्वर पोखरेलले अध्यक्षतामा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, विशिष्ट अतिथि कलानिधि दाहाल समीक्षक पुरुषोत्तम सिग्देल ज्यूको गरिमामय उपस्थिति थियाे ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।
यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए ।
यस अवसरमा रचना वाचन गर्ने सर्जक डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, हरि खनाल, गणेश आत्रेय, परसुराम परासर, जगदीश्वर पोखरेल, भरतराज भण्डारी, बिनुबाबा घिमिरे, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, टेकबहादुर लौडारी, सुधा बाँस्कोटा ढकाल, भरत राजभण्डारी र ललिता खरेलले गर्नुभएको थियो ।
प्रमुख आमन्त्रित डा. बमबहादुर थापा जिताली नयाँ सोच नयँ विचार लिएर सिर्जना गर्नुपर्दछ । पुरानो सोच नबदलिए सम्म साहित्यको विकास हुन सक्दैन । सिर्जना छर्लङ्ग बुझिने हुनु पर्दछ । युग बदलियो । समय बदलियो । सर्जक पनि बदलिनुपर्दछ भन्नु भयो । लमजुङ साहित्यको उर्वर भूमि हो । लमजुङले राष्ट्रकवि जन्मायो भन्नुभयो ।
विशिष्ट अतिथि कलानिधि दाहालले दिव्य किसिमले समीक्षक पुरुषोत्तम सिग्देलको रचनाको समीक्षा गर्नुभएको थियो ।
समीक्षक पुरुषोत्तम सिग्देलले वाचित सिर्जनाको सुललित शैलीमा एक एक गरी समीक्षा गर्नु भयो । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए भन्नु भयो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले कर्मदा साझा चौतारी हो । सबैले मिलेर संरक्षण गर्नुपर्दछ । साहित्यले समाजलाई सकरात्मक सन्देश दिएर समाजलाइ परिवर्तन गर्न सक्दछ । कविहरूले अलङ्कारले विभूषित रचना वाचन गरे भन्नुभयो ।
कविगोष्ठीको संयोजन अध्यक्षले लालित्य शैलीमा गर्नुभएको थियो । स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल भयो भन्नुभयो । सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































