साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेठाकाे आत्म-बिलाैना

विधिवश अब मेरो गल्न थाल्यो शरीर। तर मन अझ हेर्दा छैन त्यस्तो गभीर।। प्रतिदिन छ दगुर्दाे भित्र तृष्णा बढाइ । अमर चिज भरेको छैन खासै कमाई ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

कठिन सित धरामा जन्म पाएर आई ।
रमझम अति गर्दै जिन्दगीमा रमाई।।
वय पनि पर लाग्यो लाजले लुक्नलाई ।
अमर चिज भरेको,छैन खासै कमाई ?।।१।।

सबचिज पर छाडी, अर्थका कामनामा ।
अभयसित लगाएँ चित्त मेरो गरामा।।
अझ छ पर नहट्ने आसकाे रास भाइ।
अमर चिज भरेको छैन खासै कमाई ।।२।।

वनचउर, गरा वा चाेक गल्ली बजार ।
प्रतिदिन म चहार्थेँ खाेज्नलाई हजार।।
धन अधिक बटुल्दा नित्य थापेँ बधाई ।
अमर चिज भरेको छैन खासै कमाई ।।३।।

परपर छु नियाल्दाे,लाग्न थाल्यो थकाइ।
सँग सँग छ सिकारी, नित्य हेर्दै मलाई ।।
समय गति मिलाई वाण हान्ला दवाई।।
अमर चिज भरेको छैन खासै कमाई ।।४।।

मृदृमन अझ मेरो खाेज्न याे अर्थ रास ।
सहर वन ,चहार्दाे नित्य गर्दै प्रयास
तर पनि,किन आशा,पूर्ण बन्दैन भाइ।
अमर चिज भरेको छैन खासै कमाई ।।५।।

विधिवश अब मेरो गल्न थाल्यो शरीर।
तर मन अझ हेर्दा छैन त्यस्तो गभीर।।
प्रतिदिन छ दगुर्दाे भित्र तृष्णा बढाइ ।
अमर चिज भरेको छैन खासै कमाई ।।६।।

तनबिच यमले नै, गर्न खाेज्दैछ राज।
मनमगज अझै झन् भर्न खाेज्ने दराज।।
विरह कति बगाऊँ चित्त भारी बनाई ।
अमर चिज भरेको छैन खासै कमाई ।।७।।

( क्रमश:)

०००
हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x