देवीप्रसाद मिश्रजेठाकाे आत्म-बिलाैना
विधिवश अब मेरो गल्न थाल्यो शरीर। तर मन अझ हेर्दा छैन त्यस्तो गभीर।। प्रतिदिन छ दगुर्दाे भित्र तृष्णा बढाइ । अमर चिज भरेको छैन खासै कमाई ।।

देवीप्रसाद मिश्र :
कठिन सित धरामा जन्म पाएर आई ।
रमझम अति गर्दै जिन्दगीमा रमाई।।
वय पनि पर लाग्यो लाजले लुक्नलाई ।
अमर चिज भरेको,छैन खासै कमाई ?।।१।।
सबचिज पर छाडी, अर्थका कामनामा ।
अभयसित लगाएँ चित्त मेरो गरामा।।
अझ छ पर नहट्ने आसकाे रास भाइ।
अमर चिज भरेको छैन खासै कमाई ।।२।।
वनचउर, गरा वा चाेक गल्ली बजार ।
प्रतिदिन म चहार्थेँ खाेज्नलाई हजार।।
धन अधिक बटुल्दा नित्य थापेँ बधाई ।
अमर चिज भरेको छैन खासै कमाई ।।३।।
परपर छु नियाल्दाे,लाग्न थाल्यो थकाइ।
सँग सँग छ सिकारी, नित्य हेर्दै मलाई ।।
समय गति मिलाई वाण हान्ला दवाई।।
अमर चिज भरेको छैन खासै कमाई ।।४।।
मृदृमन अझ मेरो खाेज्न याे अर्थ रास ।
सहर वन ,चहार्दाे नित्य गर्दै प्रयास
तर पनि,किन आशा,पूर्ण बन्दैन भाइ।
अमर चिज भरेको छैन खासै कमाई ।।५।।
विधिवश अब मेरो गल्न थाल्यो शरीर।
तर मन अझ हेर्दा छैन त्यस्तो गभीर।।
प्रतिदिन छ दगुर्दाे भित्र तृष्णा बढाइ ।
अमर चिज भरेको छैन खासै कमाई ।।६।।
तनबिच यमले नै, गर्न खाेज्दैछ राज।
मनमगज अझै झन् भर्न खाेज्ने दराज।।
विरह कति बगाऊँ चित्त भारी बनाई ।
अमर चिज भरेको छैन खासै कमाई ।।७।।
( क्रमश:)
०००
हाल – काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































