फित्काैली डटकमआशौच सम्बन्धी विमर्श गोष्ठी सम्पन्न
कार्यक्रममा धर्मशस्त्रका ज्ञाता प्राध्यापक कोषराज न्यौपानेले ''आशौचसम्बन्धी सङ्क्षिप्त दिग्दर्शनात्मक प्रपत्र" शीर्षकको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो

स्याङ्जा, ३१ चैत्र २०८२ । मोहिनीशरण स्मृति प्रतिष्ठानले वालिङ नगरपालिकाको सभाहलमा आशौच विमर्श गोष्ठी भव्य रूपमा सम्पन्न गर्यो ।
कार्यक्रममा धर्मशस्त्रका ज्ञाता प्राध्यापक कोषराज न्यौपानेले ”आशौचसम्बन्धी सङ्क्षिप्त दिग्दर्शनात्मक प्रपत्र” शीर्षकको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रमाथि प्राध्यापक शालिग्राम सुवेदीले टिप्पणी गर्नुभएको थियो ।
कार्यपत्र र कार्यप्रत्रमाथि गरिएको टिप्पणीका विषयमा सहभागीअरुद्वारा लिखित रूपमा राखिएका जिज्ञासाहरूको उत्तर पनि दुवै जना विद्वान्हरू सरल रूपमा श्रोताहरूले जिज्ञासा मेट्ने गरी दिनुभएको थियो ।
कार्यक्रममा ब्राह्मण समाज स्याङ्जाका अध्यक्ष पुण्यप्रसाद तिमल्सिना, समाजसेवी केदारशरण विकल पूर्व शिक्षक यमकान्त खनाललो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । झण्डै १०० जना स्याङ्जा जिल्लाका पुरोहितहरू महिला तथा केही विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले गर्नुभएको यस कार्यक्रममा स्वागत मन्तव्य सचिव यदुनन्दन अर्यालले गर्नुभएको थियो । वालिङ्ग उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रतिष्ठानका सदस्य श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
वालिङ नगरपालिकाको आर्थिक सहयोगमा गरिएको उक्त कार्यक्रममा वासुदेव अर्याललो स्वस्तिवाचन गरेका थिए भने वृन्दा अर्यालले मधुराष्टकम् संस्कृत गीत गायकी थिइन् ।
०००
श्याम ढुङ्गाना, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest






































