साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार सुशील पुन विरहीको एकल रचनावाचन

राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नियमित मासिक कार्यक्रम अन्तरगत एकल रचनावाचनको ८१औं श्रृंखलामा साहित्यकार पुनको शुक्रबार एकल रचना वाचन घोराहीमा भएको हो ।

Nepal Telecom ad

दाङ, २०८२ जेठ ३० । साहित्यकार सुशील पुन विरहीको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नियमित मासिक कार्यक्रम अन्तरगत एकल रचनावाचनको ८१औं श्रृंखलामा साहित्यकार पुनको शुक्रबार एकल रचना वाचन घोराहीमा भएको हो ।

परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एव्म पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार पुनले आफूले रचना गर्नुभएका दर्जन बढी गजल, कविता, मुक्तक, हाईकु प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको रचनाले समाज, देश परिवेश र समसामयिक विषयलाई छोएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले साहित्य सिर्जनामा देश र समाजको बिम्बलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । साहित्यले समाजको चेतनाबोधलाई उजागर गर्ने हुँदा सकारात्मक चिन्तन समावेश गर्न साहित्यकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

०००
सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x