साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरेलभाषाको साहित्य सम्बन्धी विमर्श कार्यक्रम सम्पन्न

कार्यक्रममा `सुरेल भाषाको साहित्य'विषयक प्रस्तुति डम्बर अर्पणको रहेको थियो ।उक्त प्रस्तुतिमाथि बयान सिंह, डा. सोम धिताल ,समिर मुखिया र टेकबहादुर गुरुङले सहभागीका तर्फबाट जिज्ञासा राखेका थिए।

Nepal Telecom ad

काठमाडौँ २०८२ जेठ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित नियमित ‘मातृभाषा साहित्यको २३ओैँ शृड्खला’को समुद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर गर्नुभएको थियो ।

उहाँले सङ्घीय, प्रादेशिक र स्थानीय प्रज्ञा-प्रतिष्ठानबिच समन्वय र कार्यविभाजन स्पष्ट नहुँदा एउटै कामको पुनरावृत्ति भइरहेको बताउनु भएको थियोे ।लोपोन्मुख भाषाको जर्गेना गर्ने काममा स्थानीय सरकारको सक्रियता हुनुपर्ने कुरा सदस्य सचिव सुवेदीले बताउनुभएको थियो।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/ काव्य) विभाग प्रमुख बाबा बस्नेतले मातृभाषाको विकासमा मातृभाषा साहित्य श्रृङ्खला महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले आदिवासी जनजातिका भाषा, साहित्य र संस्कृतिको उजागर गर्न मातृभाषा साहित्य शृङ्खलाले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियोे।उहाँले आगामी शृङ्खलादेखि दुईवटा मातृभाषा र साहित्यका बारेमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा `सुरेल भाषाको साहित्य’विषयक प्रस्तुति डम्बर अर्पणको रहेको थियो ।उक्त प्रस्तुतिमाथि बयान सिंह, डा. सोम धिताल ,समिर मुखिया र टेकबहादुर गुरुङले सहभागीका तर्फबाट जिज्ञासा राखेका थिए।

अतिथि कवि जयन्ती सत्याल स्पन्दनले खसभाषा, जगबहादुर बुढाले काइके मगरभाषा र बयानसिं राईले चाम्लिङ भाषामा कवितावाचन गर्नुभएको थियोे।
कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x