साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर सुसेली मञ्चको दोस्रो वार्षिकोत्सवमा डम्बर घिमिरेको जन्माेत्सव

अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको उक्त कार्यक्रममा डाक्टर शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो । ८० वर्ष पूरा गरि ८१ वर्ष प्रवेश गर्नुहुने डन्बर घिमिरे तथा उहाँकी धर्मपत्नी माधुरी घिमिरेलाई दोसल्ला र मायाको चिनो सहित मञ्चासिन गराइएकाे थियाे ।

Nepal Telecom ad

भक्तपुर, २०८२ असार १ । भक्तपुर सुसेली मञ्चले आफ्नो दोस्रो वार्षिकोत्सव तथा सिस्नुपानी झापाका संस्थापक डम्बर घिमिरेको ८१ औँ जन्मोत्सव मध्यपुर थिमी नगरपालिका कौशलटारको ह्वाइट प्यालेस बैँकेटमा एक भब्य समारोहको आयोजना गरि सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको उक्त कार्यक्रममा डाक्टर शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो । ८० वर्ष पूरा गरि ८१ वर्ष प्रवेश गर्नुहुने डन्बर घिमिरे तथा उहाँकी धर्मपत्नी माधुरी घिमिरेलाई दोसल्ला र मायाको चिनो सहित मञ्चासिन गराउने क्रममा पूरै हल तालीको तालमा गुन्जायमान भएको थियो ।

कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर), राष्ट्रिय सुसेली फाउन्डेसनकी संरक्षक चन्द्रा न्यौपाने, पूर्व प्रशासक बोधराज अधिकारी, साहित्यकार डाक्टर कृष्णप्रसाद भट्टराई, अभियान कलाकार समाजका पशुपति दङ्गाल
लोकगायक शक्तिश्रेष्ठ, महाप्रसाद खनाल, बुढ्यौली साहित्य महोत्तरीका अध्यक्ष लालबाबु पोखरेल, अनुशिलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, जेष्ठ नागरिक अग्रज समाजका अमृत बुढाथोकी तथा पवन पौडेल, गोविन्द निरौला, डम्बर घिमिरेका दाइ विष्णुप्रसाद घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

समारोहमा चागुनारायण अन्तर जिल्ला समन्वय समितिका अध्यक्ष सुरेन्द्र खतिवडा लगायत सिङ्गो कार्यसमिति, साहित्यकार पदम दाहाल, शितल गिरी, मुकुन्द दाहाल,चक्र दवाडी,चेवन बस्नेत, सरला पोखरेल सरु, फणीन्द्रप्रसाद नेपाल, गोपालप्रसाद दाहाल लगायतका महानुभावको उपस्थिति थियो ।

संस्थाका कोषाध्यक्ष बि के माकजूले आफ्ना सुसेलीसहित उपस्थित पाहुनालाई स्वागत गर्नुभएको थियो । स्वागत पश्चात् साहित्यकार श्याम माकजुलाई नगद पुरस्कार सहित सुसेली स्रस्टा समस्या २०८२ द्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी मणिराज थापालाई उहाँको अत्यन्तै जटिल पारिवारिक परिस्थितिका कारण हस्पिटल जानुभएको जानकारी पश्चात् उहाँकी बहिनी मार्फत सुसेली सेवा सम्मान २०८२ द्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा गणेश घिमिरे मार्मिकले साहित्यकार डम्बर घिमिरेका बारेमा प्रकाश पार्नुभएको थियो भने सम्मानित श्याम माकजू र मणिराज थापाका बारेमा फेडोल साहित्य प्रतिष्ठान र चक्रपाणि साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले प्रकाश पार्नुभएको थियोे ।

डाक्टर कृष्णप्रसाद भट्टराईले सुसेली र छन्द कविताका बारेमा प्रकाश पार्दै केही सिर्जनाका उदाहरण प्रस्तुत गर्नुभएको थियोे भने कविहरू पदम दाहाल, जीवनाथ अधिकारी, लालबाबु पोखरेल, सरला पोखरेल सरु, चेवन बस्नेत, महाप्रसाद खनाल, शालिकराम दाहाल, छन्दविज्ञान निरौला, लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

चट्याङ मास्टर कृष्णमुरारी गौतम, जेष्ठनागरिक अग्रज समाज, अभियान कलाकार समाज, लगायतले साहित्यकार डम्बर घिमिरेलाई उपहार सहित शुभकामना र सम्मानित श्याम माकजुलाई बधाई दिने लर्को लागेको थियो ।

मन्तव्यका क्रममा सम्मानित श्याम माकजूले भक्तपुर सुसेली मञ्चले आफूलाई सम्झेकोमा खुसी व्यक्त गर्दै आफ्नो सिर्जना प्रस्तुत गर्नुभयो । राष्ट्रिय सुसेली फाउन्डेसनकी संरक्षक चन्द्रा न्यौपाने सुसेली संरचना र यसको गठन सन्दर्भ उल्लेख गर्दै भक्तपुर सुसेली मञ्च, डम्बर घिमिरे र सम्मानित श्याम माकजु र मणिराज थापालाई शुभकामना र बधाई दिनुभएको थियो ।

त्यसैगरी ८० वर्ष पूरा गर्दै ८१ प्रवेश गर्नुहुने डम्बर घिमिरेले आफ्नो जन्मोत्सव मनाइदिने भक्तपुर सुसेली मञ्चका सम्पूर्ण कार्यसमितिका मित्रहरू र उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना केही हास्य सिर्जना प्रस्तुतिले समारोहमा हाँसोको माहोल ल्याउनुभएको थियो ।

प्रमुख अतिथि डाक्टर शैलेन्दुप्रकाश नेपालले भक्तपुर सुसेली मञ्चको सक्रियताको प्रशंसा गर्दै संस्थाको वार्षिकोत्सव ,अग्रज साहित्यकारको जन्मोत्सव र सम्मानितलाई शुभकामना, बधाईका साथमा सुसेली प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष रामशरण न्यौपानेले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथि, अतिथि, सहयोगी महानुभाव, ८१ वर्ष प्रवेश गर्नुहुने डम्बर घिमिरे, सम्मान ग्रहण गरिदिने महानुभाव, कार्यक्रमका निमित्त स्थान दिनुहुने र उपस्थित सबैलाई धन्यवाद दिँदै सुसेली वाचन सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

भक्तपुर सुसेली मञ्चका विश्वनाथ ढुङ्गेल, बिके माकजु , छन्दविज्ञान निरौला,शालिकराम दाहाल र ओम नरहरि श्रेष्ठले सक्रियता पूर्वक तारतम्य मिलाउने काम गर्नु भएको कार्यक्रमको सञ्चालन डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Durga Adhikari Bhamarkote
Durga Adhikari Bhamarkote
11 months ago

भक्तपुर सुसेली मञ्चको दोस्रो वार्षिकोत्सब तथा डम्बर घिमिरेको जन्मोत्सवमा बधाई तथा शुभकामना छ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x