साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘योगमाया स्रष्टा सम्मान’ सुकन्या वाइवा र भूपाल बस्नेतलाई

साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान रु २५१११। नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं. २०६५ देखि यो सम्मानबाट हालसम्म १६ जना व्यक्तिहरु सम्मानित भइसकेका छन् ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार ५। नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमशः साहित्यकार सुकन्या वाइवा, काठमाडौं र भूपाल बस्नेत, भोजपुरलाई प्रदान गर्ने भएको छ।

साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान रु २५१११। नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं. २०६५ देखि यो सम्मानबाट हालसम्म १६ जना व्यक्तिहरु सम्मानित भइसकेका छन् ।

नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने र सामाजिक रुपान्तरणमा योगदान गर्ने महिलालाई उक्त सम्मान प्रदान गरिदै आएको छ ।

त्यस्तै समाजसेवी राजेश न्यौपाने, केदार नेउपाने,श्रीमती दीपा नेउपाने र श्रीमती अर्लिन पर्ज नेउपानेले स्थापना गर्नुभएको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान रु ५०,००१। नगद राशिसहित सम्मानपत्र रहेको छ ।

सामाजिक रुपान्तरणमा विभिन्न माध्यमबाट योगमाया प्रवृत्तिका अभियन्ताका रुपमा काम गरेका व्यक्तिलाई उक्त सम्मान प्रदान गरिँदै आएको छ ।

वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट यसअघि सातजना व्यक्तिहरु सम्मानित भइसक्नुभएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x