फित्काैली डटकम‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’ प्रा. दयाराम श्रेष्ठलाई
नेपाली भाषामा २०३० सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएकाे श्रेष्ठले शिक्षा, अनुसन्धान, भाषा तथा साहित्यमा गहिरो छाप छोड्नुभएकाे छ ।

काठमाडौं, २०८२ असार ९ । नेपाली भाषाको उन्नयन, अनुसन्धान तथा प्राध्यापन क्षेत्रमा दीर्घकालीन योगदान दिनुभएकाे प्रा. डा. दयाराम श्रेष्ठलाई यस वर्षको ‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाकाे अनुसार उक्त पुरस्कार नेपाली उपन्यासमा सर्वप्रथम मदन पुरस्कार प्राप्त लेखक लीलाध्वज थापाको नाममा स्थापना गरिएको हो। नेपाली भाषामा २०३० सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएकाे श्रेष्ठले शिक्षा, अनुसन्धान, भाषा तथा साहित्यमा गहिरो छाप छोड्नुभएकाे छ ।
बल्खु, काठमाडौंमा बसोबास गर्दै आउनुभएकाे श्रेष्ठले २०२७ सालमा त्रिविबाट नेपालीमा एम.ए. तथा २०३९ सालमा विद्यावारिधि (PhD) गर्नुभएकाे थियाे । उहाँले २६ जना शोधार्थीलाई निर्देशन दिई विद्यावारिधिसम्म पुर्याउनुभएकाे छ भने १३ पुस्तक, नाैं सम्पादित र एक सहलेखन कृति प्रकाशित छन्।
श्रेष्ठले महेन्द्र विद्याभूषण ‘क’, मदन पुरस्कारसहित ४४ भन्दा बढी सम्मान/पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ ।
समारोह यही २०८२ असार २१ गते आयोजना गरिने जानकारी दिँदै अध्यक्ष थापाले यसअघि सम्मानित स्रष्टाहरूमा सत्यमोहन जोशी, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, तुलसी दिवस, गोपीकृष्ण शर्मा, ज्ञानमणि नेपाल र गीता केशरी जस्ता प्रतिष्ठित व्यक्तित्वहरू रहेको स्मरण गराउनुभयाे । यस वर्ष प्रा. डा. श्रेष्ठलाई सम्मानपत्रसहित रु. २५ हजार राशिको पुरस्कार प्रदान गरिनेछ।
०००
Subscribe
Login
0 Comments
Oldest





































