साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाकाे राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्ट १० कविता छनाेट

सहभागी भएका कविहरूमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० (दश) जना कविहरूका कविता पुरस्कारका लागि छनोट भएको सूचना सार्वजनिक भएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असार ९ । नेपाल प्रज्ञा-प्रतिष्ठानले आज मिति २०८२ असार ९ गते आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा सहभागी भएका कविहरूमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० (दश) जना कविहरूका कविता पुरस्कारका लागि छनोट भएको सूचना सार्वजनिक भएको छ ।

यसरी छनाेट भएकामा वर्णानुक्रम अनुसार अविनाश भट्टराईको ‘छुटिजानेहरूको नाममा’, कर्ण संजयको ‘पिताजी अहाँ के छलौ’ (मैथिली भाषा), किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, गोमा श्रेष्ठको ‘भालेको मौन विद्रोह’ र चन्द्रमणि चापागाईको ‘औजार’ शीर्षाककाे कविता परेका छन् ।

त्यसै गरी तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड़ रुन्छ’, शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, सन्ध्या महर्जनको ‘हिउँ स ले तनाच्वंगु मौन म्हगस’ (नेपालभाषा), र सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकका कविता सर्वाेत्कृष्ट  दशमा परेका छन्।

पुरस्कृत १० जना कविहरू प्रत्येकले रु ४० हजार नगद राशि प्रदान गरिएकाे छ।

०००
तस्विर : किशन पाैडेल, मकवानपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x